उच्च अंक ल्याउने विद्यार्थीलाई ल्यापटप

–विद्यार्थीहरुलाई पुरस्कार
लोकखबर
२०८२ असार १९, बिहीबार २०:२०

विदुर–नुवाकोटको किस्पाङ गाउँपालिकाले किस्पाङले एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीहरुलाई प्रोत्साहन गरेको छ । सो गापाको एक विद्यालयवाट यस वर्ष एसईई परीक्षामा ४ जिपिए ल्याएका एक जना विद्यार्थीलाई पुरस्कार स्वरुप ल्यापटप प्रदान गरेको छ ।

सो गापाले एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने अन्य विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । गापामा आयोजित कार्यक्रममा गापा उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेले विद्यार्थीहरुलाई पुरस्कृत गरेका हुन् ।
किस्पाङ गापाले ४ जिपिए ल्याएका ज्ञानज्योति मावि फिकुरीका बसन्त भट्टलाई ल्यापटप प्रदान गरेको हो । उपाध्यक्ष न्यौपानेले यस सम्मानलाई सदैव साथमा राखेर अध्ययनमा तल्लीन हुन आग्रह गरे ।

न्यौपानेले विद्यालयहरुको गुणस्तर वृद्धिको लागि गाउँपालिकाले हरेक क्षेत्रमा सहयोग गर्न तयार रहेको पनि बताए । न्यौपानेले विद्यार्थीहरुलाई हौसला प्रदान गर्नका लागि पुरस्कारसहित सम्मान गरेको बताए ।
सोही गापावाट ३.९ जिपिए ल्याएका दुई जनालाई नगद १० हजार र ३.६ जिपिए ल्याएका ४ जनालाई जनही पाँच पाँच हजार रुपैया नगदसहित सम्मान गरेको हो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चक्रबहादुर शाही, शिक्षा शाखाका कर्मचारी तथा विभिन्न जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

किस्पाङ २ मा सातदोबाटोमा रहेको ज्ञानज्योती माविका छात्र बसन्त भट्टले ४ जिपिए ल्याएका हुन् । यस्तै सोही विद्यालयकी पुजा न्यौपानेले ३.९ जिपिए ल्याउन सफल भएकी छिन् ।
उनी सामुदायिक विद्यालयमा छात्रातर्फ जिल्ला प्रथम भएको बताइएको छ । पुरस्कृत भएका विद्यार्थीहरुले खुशी व्यक्त गरेका छन् । उनीहरुले आफूहरुले विज्ञान विषय पढ्ने बताए ।

किस्पाङले एसईईमा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयका ७ विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन स्वरूप ज्ञानज्योती माविका वसन्त भट्ट (४ जीपीए), पुजा न्यौपाने (३.९६) , प्रभा न्यौपाने (३.७८) , वसन्ती भट्ट (३.७७) र प्रल्हाद भट्ट (३.७५), ऐंसेलु भुमे माविका संजिता न्यौपाने (३.९०) र त्रिभुवन माविका रोहित भट्ट (३.७४) लाई नगदसहित सम्मान गरेको हो ।


प्रमुख प्रशासकिय अधिकृत चक्रवहादुर शाहीले शैक्षिक गुणस्तरमा सुधार र वृद्धि होस् भन्ने हेतुले उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गरिएको बताए । शाहीले सामुदायिक विद्यालय पनि उत्कृष्ट नतिजा ल्याउन सक्षम रहेको बताए ।
उनले नतिजाले गाउँको सामुदायिक विद्यालयबाट पनि उत्कृष्ट अंक ल्याएर विद्यार्थी उत्तिर्ण हुनसक्छन् भन्ने सकारात्मक सन्देश गएको उल्लेख गरे ।

 


सर्वाधिक रुचाइएको