अपांग पुर्नस्थापना कार्यक्रम
–अपांगता भएकालाई वाख्रा वितरण
विदुर–नुवाकोटको वेलकोटगढी नगरपालिकाले अपांगता पुर्नस्थापना कार्यक्रम सन्चालन गरेको छ । जसअन्र्तगत सो नपामा अपाङ्गता भएका व्यक्तिहरुलाई बाख्रा प्रदान गरिएको छ ।

वागमति प्रदेश सरकार र वेलकोटगढी नपाको साझेदारीमा अपाङ्ग मानव अधिकार मन्च नुवाकोटको आयोजनामा विहीवार नपा कार्यालय वाघखोरमा आयोजित कार्यक्रममा उपमेयर शिवप्रसाद दाहालले वाख्रा हस्तान्तरण गरेका । उनले अपांगता भएकाहरुलाई आयआर्जनमा यसले महत्वपुर्ण भुमिका खेल्ने वताए ।

सो नपामा रहेको अपाङ्गता भएका व्यक्तिहरुको जिविकोपार्जनको उद्धेश्यले २० जनालाई एक/एक वटा बाख्रा प्रदान गरीएको हो । कार्यक्रममा वेलकोटगढी नपाका प्रमुख प्रशासकिय अधिकृत दीपक थिङले यसवाट अपाङ्गता भएका व्यक्तिहरुले यसको सदुपयोग गर्नुपर्नेमा जोड दिदै आगामी दिनामा पनि नपाबाट यस्तै कार्यक्रमहरु आगामी दिनमा पनि गरिने बताए ।

कार्यक्रममा वेलकोटगढी नपाका वडाध्यक्षहरु, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी कमला सुर्यवंशीमगर, गैरसरकारी संस्था महासङ नेपाल जिल्ला शाखा नुवाकोट अध्यक्ष लोचन भट्टराईलगायतको सहभागिता रहेको थियो ।














































