१२ सय थान विद्युतीय चुल्हो वितरण
–समय र पैसा वचतमा जोड
विदुर–नुवाकोटको विदुर नगरपालिकामा सर्वसाधारणलाई अनुदानमा विद्युतीय चुल्हो वितरण गरिएको छ । यसवाट वडावासी उपभोक्ताको समय र पैसाको वचत हुने लक्ष्य रहेको छ ।

विदुर नपा २ र ४ ले आफ्नो वडामा रहेका नागरिकहरुलाई अनुदानमा विद्युतीय चुल्हो हस्तान्तरण गरेको हो । दुवै वडामा गरि एकहजार दुई सय थान विद्युतीय चुल्हो अनुदानमा वितरण गरिएको हो ।

विदुर २ मा पांचसय र विदुर ४ मा सात थान थान विद्युतीय चुल्हो प्रदान गरिएको हो । नेपाल सरकारको ऊर्जा मन्त्रालयबाट सहुलियत अनुदानमा प्राप्त विद्युतीय चुल्होले ८० प्रतिशत विद्युत र ग्यांसको आयातमा वचत गर्नुका साथै समय र श्रमकोसमेत वचत गर्ने विदुर २ का वडाध्यक्ष दीपक कायस्थले वताए ।

वडावासीको मागलाई ध्यानमा राखेर वितरित सो विद्युतीय चुल्हो वडावासीलाई ७० प्रतिशत अनुदानमा वितरण गरिएको हो । यसले दाउरा तथा ग्यांसको विकल्पको काम गरेकोसमेत विदुर ४ का वडाध्यक्ष नीलमवावु ढुंगेलले वताए ।












































