दलित समुदाय शसक्तिकरण कार्यक्रम

–आरन, सिलाई मेशिन र जस्तापाता हस्तान्तरण
लोकखबर
२०८२ असार १९, बिहीबार २०:४४

विदुर–नुवाकोटको पुर्वी भेगमा रहेको शिवपुरी गाउँपालिकामा दलित सशक्तिकरण कार्यक्रम सन्चालन गरिएको छ । कार्यक्रमअन्र्तगत उनीहरुलाई विभिन्न उपकरणहरु प्रदान गरिएको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम बमोजिम सन्चालित दलित शसक्तिकरण कार्यक्रम अन्तर्गत शिवपुरी गापा ३ र ८ का रहेका दलित समुदायको उत्थान र विकासका लागि आरनका साथै सिलाई मेशिन हस्तान्तरण गरिएको हो । गापा कार्यालय शेरावगरमा आयोजित कार्यक्रममा गापा. अध्यक्ष गोविन्दप्रसाद थपलियाले सामग्री हस्तान्तरण गर्दै सिपलाई प्रवद्र्धन गरेर स्वरोजगार हुन आग्रह गरे ।

कार्यक्रममा १० जनालाई एक÷एक थान विद्युतीय सिलाई मेशिन, पांच जनालाई एक/एक थान आरनको मेशिन र दुई जनालाई चार/चार वण्डल जस्तापाता हस्तान्तरण गरिएको छ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत वद्रीनाथ लम्साल, गापाको सामाजिक विकास समितिका संयोजक तथा शिवपुरी ८ का वडाध्यक्ष केशवप्रसाद रिजाललगायतले यसवाट दलितहरुको क्षमता विकासमा मद्धत पुग्नुका साथै स्वरोजगारमा लाग्न सहयोग पुगेको वताए ।


सर्वाधिक रुचाइएको