व्युटिसियनहरु संगठित

–तारालाई अध्यक्षको जिम्मा
लोकखबर
२०८२ असार २०, शुक्रबार २१:५४

विदुर–नुवाकोटमा व्युटिसियनहरु संगठित भएका छन् । नेपाल ब्यूटिसियन संघको बट्टारमा सम्पन्न जिल्ला भेलाले नयां समिति चयन गरेको छ ।
भेलाले बिदुर नगरपालिका ४ बट्टारकी तारा मिजारको अध्यक्षतामा नयां जिल्ला समिति सर्बसम्मतरुपमा चयन गरेको छ । भेलाले उपाध्यक्षमा सम्झना रिमालप्रधान, सचिवमा मीना लामा र कोषाध्यक्षमा सबिना बोगटीलाई चयन गरेको छ ।
सदस्यहरुमा बबिना सुनार, कल्पना लामातामाङ, पानमाया तामाङ, सन्तोषी रोक्का, भगवती केसी, मनिषा तामाङ र सम्झना तामाङलाई चयन गरेको छ । उक्त भेलाको उद्घाटन काँग्रेस बागमती प्रदेश समितिकी सदस्य देबकी गौतमले गरेक िहुन् ।
कार्यक्रममा ब्यूटिसियन संघकी केन्द्रीय उपमहासचिव कबिता शाही, केन्द्रीय सदस्य पुनम लामिछाने, बागमती संयोजक तारा राईकार्की, ट्रेड युनियन काँग्रेसका नुवाकोट अध्यक्ष मछिन्द्र खड्कालगायतले ट्रेड युनियन आन्दोलन र बिबिध बिषयहरुमा आ–आफ्ना धारणाहरु राखेका थिए ।

 


सर्वाधिक रुचाइएको