पन्चकन्यामा अपांगता भएकालाई वाख्रा वितरण

विदुर–आयआर्जनमा जोड दिदै नुवाकोटको पुर्वी भेगमा रहेको पन्चकन्यामा अपांगता भएकाहरुलाई अपांगता सुदृढिकरण कार्यक्रम सन्चालन गरिएको छ । यसवाट अपांगता भएकाहरुलाई आयआर्जनमा टेवा पुगेको छ ।
पन्चकन्या गाउँपालिकाको सहयोगमा समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम अन्र्तगत सो गापामा रहेका अपांगता भएका व्यक्तिहरुलाई शुक्रवार आयआर्जनका लागि वाख्रा वितरण गरिएकको हो । अपाङ्ग मानव अधिकार मन्च नुवाकोट आयोजनामा सन्चालित कार्यक्रममा पन्चकन्या गापाकी उपाध्यक्ष विमला पाठककेसीले अपाङ्ता भएका १४ जना व्यक्तिहरुलाई आयआर्जनको लागि एक/एक वटा वाख्रा वितरण गरिन् ।
उनले यसवाट आयआर्जन हुने भएका कारण राम्रोसंग पालनपोषण गरि आम्दानीमा जोड दिन आग्रह गरिन् । कार्यक्रममा आयोजक अपाङ्ग मानव अधिकार मन्चका सचिव तथा गैह्र सरकारी संस्था महासंघ नुवाकोटका अध्यक्ष लोचन भट्टराईलगायतका सरोकारवालाले आयआर्जनका लागि वाख्रा पालन निकै प्रभावकारी हुने वताए ।