वाढीले पुलमा क्षति
–यातायात अवरुद्ध

विदुर–नुवाकोटको पुर्वी भेगमा रहेको कुडुलेखोलामा वाढीले पुलमा क्षति गरेको छ । सडक अवरुद्ध भएको छ ।
पञ्चकन्या गाउंपालिका २ र ५मा अविरल बर्षातको कारण छहरे–ठाँटीभञ्ज्याङ मोटरबाटो अन्तर्गत कुडुले खोलाको पुलमा क्षति पुगेको कारण सडक अवरुद्ध भएको वडाध्यक्ष रामशरण श्रेष्ठले जानकारी दिए । उनका अनुसार क्षतिग्रस्त पुलको मर्मत कार्य सुरु गरिएको छ ।
पुलको मर्मत जारी रहेको कारण बाटो पुर्ण रुपमा बन्द भएकोले उक्त मोटरबाटोमा यात्रा नगर्नुहुन साथै बैकल्पिक मार्ग प्रयोग गर्न वडाध्यक्ष श्रेष्ठले अनुरोध गरेका छन् । उनले सबारी साधन यात्रुहरुमा पर्न गएको असुबिधा प्रति क्षमाप्रार्थी रहेको जनाएका छन् ।