किस्पाङमा अनिवार्य तथा निःशुल्क शिक्षा लागू

सवै वालवालिका शिक्षाको पहुंचमा
लोकखबर
२०८२ असार २१, शनिबार २०:४०

विदुर–नुवाकोटको पश्चिमी भेगमा रहेको किस्पाङ गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएको पालिका घोषित गरिएको छ । सो गापामा ४ देखि १३ वर्ष उमूहसम्मका कुनै पनि बालबालिकाहरु विद्यालय बाहिर नरहेको प्रमाणित भएपछि किस्पाङ गापालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको गाउँपालिका घोषणा गरिएको हो ।
तामाङ समुदायको उल्लेख्य वसोवास रहेको उक्त पालिकालाई कार्यक्रमकावीच अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएको पालिका घोषित गरिएको हो । किस्पाङ गापामा रहेका सवै विद्यालयहरुमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वय गरिएसंगै अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएको पालिका घोषित गरिएको किस्पाङ गापा कार्यालय काहुलेले जनाएको छ ।

गापामा आयोजित विशेष कार्यक्रममा सो गापामा रहेका सवै विद्यालयहरुमा अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएको प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गरेर गापा उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेले उक्त घोषणा गरेका हुन् । यससंगै वालवालिकाहरुलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क उपलब्ध गराउने संबैधानिक उद्धेश्यको ब्यवहारिक कार्यक्रमको आफ्नो गापाले सुरुवात गरेको उपाध्यक्ष न्यौपानेले वताए ।
उनले अवको शिक्षा प्रणाली आधारभुत तहदेखि नै आत्मनिर्भर र स्वरोजगारमुलक हुनुपर्ने वताए । यसवाट किस्पाङमा शिक्षाको विकास हुने उनले वताए ।
शिक्षा शाखा प्रमुख नारायणप्रसाद खतिवडाले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रमको व्यवहारिक कार्यान्वयनका लागि सरोकारवाला सबै पक्षको ऐक्यबद्धता रहेको वताए । उनका अनुसर उक्त गापाका सवै वालवालिका शिक्षाको पहुंचमा रहेका छन् ।
किस्पाङ गापा पर्यटन प्रबद्र्धनका लागि ठुलो सम्भावना लिएको स्थान भएकाले यसलाई सार्थक बनाउने सबै तहका सरकारहरुबीच समन्वयात्मक सहकार्य हुनुपर्ने किस्पाङ ३ का वडाध्यक्ष सुरेन्द्र तामाङले वताए । उनले अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका घोषणाले किस्पाङको समृद्धिका लागि महत्वपूर्ण आधार तयार भएको बताए ।

सो गापामा ४ वर्षदेखि १३ वर्ष उमेर समूहका कुनै पनि वालवाललिका शिक्षाको पहुच वाहिर नरहेको पहिचान भएको छ । कार्यक्रममा विभिन्न विद्यालयका प्रअ, शिक्षक, सर्वसाधारण, विद्यार्थीलगायतले अनिवार्य तथा निःशुल्क शिक्षाको महत्व, कार्यान्वयनका चुनौती लगायतका बिषयमा आफुहरु पनि सक्रियता वढाउने धारणा राखेका छन् ।
कार्यक्रममा किस्पाङ गापाका ५ वटै वडाहरुलाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको प्रमाणपत्र प्दान गरिएको छ । किस्पाङका सवै पांचवटै वडाहरुलाई यस अघि नै अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको वडा घोषणा गरिसकेपछि सिंगो पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको हो ।

 

 

 

 


सर्वाधिक रुचाइएको