विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

–विद्यालयलाई खेल सामग्री
लोकखबर
२०८२ असार २२, आईतवार २१:००

विदुर–नुवाकोटको हात्तिगौंडामा रहेको एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । विद्यालयलाई एकै पटक खेलकुदका सामग्रीहरुसमेत प्रदान गरिएको छ ।

विदुर नपा ८ हातीगौडामा रहेको भैरुम माबि अध्ययनरत ३५ जना बिद्यार्थीका लागि शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । कक्षा १ देखि कक्षा ८ सम्मका ति विद्यार्थीहरुलाई एक÷एक झोला ६ प्रकारका स्टेशनरी सामग्री हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ ।

यसका साथै सोही विद्यालयको वाल कक्षाका लागि १० प्रकारका खेलकुद सामग्री प्राप्त भएका छ । विद्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष कमल श्रेष्ठ, प्रधानाध्यापक शिवराम श्रेष्ठ, विद्यालयका सदस्य गोकर्ण रोक्कालगायतलाई सहयोगी संस्थाले ति सामग्रीहरु हस्तान्तरण गरेको हो ।


सर्वाधिक रुचाइएको