महिला वन्दीहरुको स्वास्थ्य परिक्षण

–व्यायाम र सन्तुलित आहारविहारमा जोड
लोकखबर
२०८२ असार २२, आईतवार २१:०५

विदुर–कारागारमै पुगेर केन्द्रीय कारागार नुवाकोटका महिला वन्दीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । यसवाट महिला वन्दीहरु लाभान्वित भएका छन् ।

विदुर नपा ६ चण्डीपोखरी खम्पाक्याम्पमा केन्द्रीय कारागार नुवाकोटकमा रहेका महिला वन्दीहरुलाई त्रिशूली अस्पताल सशस्त्र प्रहरी महिला सङ्घको वार्षिक उत्सवको अवसरमा स्वास्थ्य परिक्षण गरिएको हो । चिकित्सकहरुले कारागारमै पुगेर स्वास्थ्य परिक्षण र आवस्यक औषधि निःशुल्क प्रदान गरेको सशस्त्र प्रहरी गण विदुर नुवाकोटले जनाएको छ ।

केन्द्रीय कारागार नुवाकोटमै पुगेर त्रिशूली अस्पतालका डा. कैलाश विश्वकर्मा, सुदीप कोइरालालगायत ५ जनाको स्वास्थ्य टोलीले केन्द्रीय कारागार नुवाकोटमा रहेका २० जना महिला बन्दीहरूको स्वास्थ्य परिक्षण र आवस्यक औषधि प्रदान गरेको त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले जानकारी दिए । गर्मीको समयमा सन्तुलित आहारविहार र शारिरीक व्यायाम जरुरी रहेको परामर्शसमेत दिइएको छ ।


सर्वाधिक रुचाइएको