लामो सेवा गरेका स्वास्थ्य स्वंसेविकालाई सम्मान
विदुर–लामो समयसम्म आफ्नो गाउंमा स्वास्थ्य स्वंसेवा गरेका स्वास्थ्य स्वंसेविकाहरुलाई नुवाकोटको पन्चकन्यामा सम्मान गरिएको छ । उनीहरुलाई विदाईसहित नगद पुरस्कारसमेत प्रदान गरिएको छ ।

पञ्चकन्या गाउँपालिकाले आइतवार कार्यक्रमकावीच राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानसहित पुरस्कार प्रदान गरेको हो । चालु आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रम अन्र्तगत लामो समय सेवा गरेका गापाका तीन जना राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान र पुरस्कार प्रदान गरिएको हो ।

यसरी सम्मानसहित पुरस्कृत भएकाहरुमा २०४५ सालदेखि स्वास्थ्य स्वयंसेविकामा सेवारत पन्चकन्या २ आप्रहकी लीलाकुमारी आचार्य, २०४५ सालदेखि नै सेवारत पन्चकन्या २ कठेरीकी फुलमती तामाङ र २०५४ सालदेखि सेवारत पन्चकन्या ३ लाकुरीभन्ज्याङकी दुर्गाकुमारी थापा रहेकी छन् । उनीहरुलाई जनही जनही १ लाख ५० हजार रुपैयासहित दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरि सम्मानित गरिएको हो ।

सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पञ्चकन्या गापा अध्यक्ष तेजवहादुर तामाङ रमेश, उपाध्यक्ष विमला पाठककेसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, स्वास्थ्य शाखा प्रमुख हेमनारायण महतो, विभिन्न वडाका वडाध्यक्षहरुलगायतले पुरस्कृतका साथै सम्मानित गरे । सो गापाभित्र सेवारत ६० बर्ष पुगेका महिला सामूदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई समुदायमा पु¥याएको योगदानको कदर गर्दै गापाले जनही एकलाख ५० हजार रुपैया नगदसहित दोसल्ला ओढाएर सम्मानित गरिएको हो ।

गाउसमाजमा महिला सामूदायिक स्वास्थ्य स्वयंसेविकाहरुको योगदान अतुलनीय रहेको र उनीहरुलाई अनिवार्य सेवा छोडेसंगै सामाजिक भावको कदर गर्दै सम्मान गरिएको गापा अध्यक्ष तामाङले वताए । उनीहरुलाई सरकारले दिएको एकमुष्ठ २० हजार रुपैयामा पालिकाले थप एकलाख ३० हजार थपेर एकलाख ५० हजार रुपैया प्रदान गरेको हो ।
















































