विद्यालयमा विज्ञान विषय निःशुल्क अध्यापन
विदुर–नुवाकोटको सवैभन्दा पुरानो त्रिभुवन त्रिशूली माविमा कक्षा ११ मा विज्ञान विषय अध्ययन अध्यापन निःशुल्क गराइने भएको छ । सो विद्यालयले यसै वर्षदेखि कानून र होटेल व्यवस्थापनको तयारीसमेत गरेको छ ।

विदुर नगरपालिका १ त्रिशूलीवजारमा रहेको सो विद्यालय गत २००७ साल चैत्र २० गते स्थापना भएको हो । यस वर्षदेखि सो विद्यालयको कक्षा ११ मा विज्ञान पढ्ने विद्यार्थीले निःशुल्क पढ्न पाउने भएका हुन् ।

नेपाल सरकारको शिक्षा मन्त्रालय विद्यार्थी विज्ञान प्रवद्र्धन विद्यार्थी कार्यक्रममा छात्रवृत्ति प्रदान गर्ने भएसँगै विज्ञान पढ्ने विद्यार्थीले निःशुल्क पढ्न पाउने व्यवस्था रहेको विद्यालयका प्रधानाध्यापक महेन्द्र राउतले जानकारी दिए । उनका अनुसार यसै वर्षदेखि कानून र होटेल व्यवस्थापनको कक्षा तयारीसमेत गरिएकोमा न्युनतम १५/२० जना विद्यार्थी भएपछि अध्यापन सुरु गरिने तयारी भएको छ ।

विद्यालयले १० जना छात्रहरुका लागि निःशुल्क छात्रबासको व्यवस्था समेत रहेको छ । सरकारले १० जना छात्राहरुका लागि निःशुल्क छात्रबास र अध्ययन समेत निःशुल्क गरेको छ ।

मासिक ५ हजारका दरले सरकारले छात्राहरुलाई छात्राबासका लागि रकम प्रदान गर्ने छ । हामी १० जनासम्मलाई निःशुल्क बस्ने र पढ्ने व्यवस्था गर्न सक्छौं रावतले भने ।

सामुदायिक विद्यालय नमूना विद्यालय अन्र्तगत विज्ञान विज्ञान प्रर्वद्धन कार्यक्रम अनुसार अध्ययन गर्न चाहने सबै विद्यार्थीलाई निःशुल्क पढाईने सहायक प्रअ राजेन्द्र दवाडीको भनाई छ । उक्त कार्यक्रम अनुसार नुवाकोट जिल्लामा एउटा मात्रै विद्यालय छनोट भएको उनले बताए ।
यसका साथै सोही विद्यालयवाट एसइइमा ए प्लस ल्याएका विद्यार्थीले जुनसुकै संकायमा भर्ना हुन चाहे पनि निःशुल्क पढ्न पाउने व्यवस्था विद्यालयले गरेको छ । सोे विद्यालयमा हाल ५ सयभन्दा बढि विद्यार्थी अध्ययनरत रहेका छन् ।

यस वर्षको एसइई परीक्षामा ८९ जनाले परीक्षा दिएका थिए । जसमा ९० जना ग्रेडेड भएका छन् । सो विद्यालयमा भारत सरकारका सहयोगमा सञ्चालित बस त्रिशूली, कोलोनी, हात्तीगौडा, वगुवा, राईसिङ्ग, कागुने, ढुङ्गे, हुदै पाण्डेगाउ, केउरिनी हुदै सोही वाटो हुँदै विद्यालय गंगटे, ईनारपाटी, हावाघर, संगमचोक हदै सोही वाटो हुँदै विद्यालय रहेकाले विद्यार्थीहरुलाई सहज हुँदै आएको छ ।

यसैवीच, विदुर नपा–१ त्रिशूलीमा रहेको नमुना विद्यालय त्रिभुवन त्रिशूली माविबाट शैक्षिक शत्र २०८१ मा माद्यामिक शिक्षा परीक्षा (एसइई) उत्र्तिण भएका ’विद्यार्थीलाई सम्मान कार्यक्रम’ गरिएको छ । विद्यालयमा आयोजित कार्यक्रममा विदुर नपाका मेयर राजन श्रेष्ठले विद्यार्थीहरुलाई सम्मानित गरे ।

उनले आधुनिक र व्यवहारिक शिक्षा आवस्यता रहेको वताए । अवको शिक्षा स्वरोजगार तथा जनशक्ति उत्पादनशील क्षेत्रमा क्रियाशील हुनुपर्ने मेयर श्रेष्ठले वताए ।

एसइईमा उर्तिण भएका विद्यार्थी सहित विषयगत शिक्षकलाई सम्मान गरिएको छ । मेयर श्रेष्ठका साथै उपमेयर प्रभा बोगटी, सामाजिक विकास समितिका संयोजक तथा विदुर १ का वडाध्यक्ष लेनिन रञ्जित, प्रधानाध्यापक महेन्द्र रावतले विद्यार्थी तथा विषयत शिक्षकहरुलाई सम्मानित गरे ।













































