लघु उद्यमी समूहलाई मिनिट्रिलर
–उद्यम प्रवद्र्धनमा जोड
विदुर–उद्यम प्रवद्र्धनमा जोड दिदै नुवाकोटको विदुर नगरपालिकाले लघु उद्यमीहरुलाई मिनिट्रिलर प्रदान गरेको छ । छनौट गरि सिप विकास तालिम प्राप्त समूहलाई उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रम अन्र्तगत तीन वटा लघु उद्यमी समूहलाई अनुदानमा मिनिट्रिलर हस्तान्तरण गरेको हो ।

विदुर नपाले ८० प्रतिशत अनुदानमा विदुर २ को प्यासकोट लघु उद्यमी समूह, सोही वडाको कर्कले लघु उद्यमी समूह र अमिलिवोट लघु उद्यमी समूहलाई एक/एक थान कृषि मिनि ट्रिलर हस्तान्तरण गरेको हो । किसानहरुलाई उक्त कृषि मिनिट्रिलर विदुर नपाका मेयर राजन श्रेष्ठले हस्तान्तरण गरे ।

उनले यसवाट लघु उद्यमीहरुको सिप प्रवद्र्धनमा मद्धत पुगेको वताए । प्रविधिलाई सदुपयोग गरि आफ्नो सिप र क्षमतालाई वढोत्तरी गर्न उनले लघु उद्यमीहरुलाई सुझाव दिए ।













































