वाढीपछि पहिरोले त्रिदेशिय मार्ग अवरुद्ध
विदुर–वाढीपछि आएको पहिरोले त्रिदेशिय मार्ग अवरुद्ध भएको छ । वाढीपछिको पहिरोका कारण रसुवाको स्याफ्रुवेशी–टिमुरे सडक खण्ड अवरुद्ध भएको छ ।

त्रिदेशिय मार्ग अन्र्तगत वीरगन्ज–गल्छी–देवीघाट–त्रिशूली–रसुवागढी सडकमार्गको वीचमा खसेको पहिरो पन्छाउन सुरु गरिएको छ । गोसाईंकुण्ड गाउँपालिका–५ स्थित रोंगापुल क्षेत्रमा सेनासहितको टोली खटिएको छ ।
चीन हुदै आएको लेन्देखोलाको बाढीका कारण गोसाईंकुण्ड गापा २ स्थित टिमुरे र रसुवागढी क्षेत्र अस्तव्यस्त छ । जनजीवन प्रभावित भएको छ ।

स्याफ्रुवेशी हुँदै टिमुरे जाने उक्त सडकमा गएको पहिरो हटाउन सेनाको श्रीनाथ गणको टोली परिचालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । पहिरो पन्छाउन र वाढीमा दुई दिनदेखि वेपत्ताहरुको खोजीमा सेना खटिएको छ ।

यता, पहिरोले रसुवाको धुन्चे–स्याफ्रुबेसी सडकखण्डे अवरुद्ध छ । ठूलो भार्खुमा पहिरो खसेपछि धुन्चे–स्याफ्रुबेसी सडकखण्ड अवरुद्ध भएको हो ।
प्रहरी र सडक डिभिजन कार्यालयको टोलीले पहिरो हटाउने कार्य गरेको छ । चीनको तब्बत हुँदै बहने लेन्दे (भोटेकोशी) नदीको बाढी र पहिरोले स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड विभिन्न स्थानमा कटान हुंदा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

नेपाल–चीन सिमाना रसुवागढीमा लेन्देखोलामा मंगलवार राती आएको बाढीको कारण दुई प्रहरी, ६ जना चिनीयासहित १९ जना अझै वेपत्ता रहेका छन् । टिमुरे प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक लालवहादुर श्रेष्ठको शव फेला परेको वागमति प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहनिरीक्षक अरुण पौडेलका अनुसार लेन्देखोला हुदै आएर त्रिशूली नदीमा मिसिएको वाढीमा एक जना प्रहरीको शव सनाखत भएको छ । नदीको वाढीमा चार वटा मानव अंगहर हात तथा खुट्टा र चार वटा शरिर फेला परेको डिआजी पौडेलले वताए ।
उनले शवको कानुन अनुसार सनाखत हुन वांकी रहेका कारण वाढीले वेपत्ता भएकाहरुको हो भन्न नसकिने वताए । शवको श रिर तथा शरिरका टुक्राहरु त्रिवि शिक्षण महाराजगन्ज पठाइएको पनि डिआजी पौडेलले वताए ।

पहिरोका कारण स्य्राफ्रुवेशी र टिमुरे, रसुवागढी केरुङको सम्पर्क पनि टुटेको छ । नेपाल–चीन सीमाको लेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले बगाएर उद्धारमा खटिएका तीन प्रहरीसहित २० जना वेपत्ता भएका हुन् । तीमध्ये एकजनाको मात्रै सनाखत भएको हो ।

उद्धारमा खटिएका प्रहरीका असई लालबहादुर श्रेष्ठको मात्रै सनाखत भएको हो । उनको शव चितवनको भरतपुर नगरपालिका–२९ त्रिशूली नदीस्थित १५ किलोमा भेटिएको थियो । अन्यको सनाखत हुन नसकेको र केहीको हात र खुट्टाको भागमात्रै भेटिएको डीआईजी पौडेलले बताए ।

वाढीग्रस्त स्थानमा खोज तथा उद्धारका लागी डीआईजी पौडेलसहित रसुवाका सुरक्षा निकाय, सेना, सशस्त्र र अन्य निकाय क्रियाशील भएका छन् । वाढीका कारण ज्यान वचाउन माथिको डाडामा पुगेकाहरु अव भने टिमुरे तथा आसपासका क्षेत्रमा झर्ने क्रम सुरु भएको छ ।












































