वाढीले अधिकांश जलविद्युतका संरचना ध्वस्त
विदुर–नेपाल–चीन सीमा रसुवागढीमा रहेको ल्हेन्दे खोलामा आएको बाढीले विभिन्न जलविद्युत योजनामा क्षति पुगेको छ । कतिपयको उत्पादनसमेत वन्द भएको छ ।
चीनतर्फवाट अकस्मात आएको वाढीले नुवाकोट र रसुवाका विभिन्न जलविद्युत गृह, ड्याम र अन्य संरचनामा निकै ठुलो क्षति गरेको छ । बाढीका कारण रसुवागढी जलविद्युत आयोजना, त्रिशूली थ्री ‘ए’, थ्रि वि, त्रिशूली जलविद्युत तथा त्रिशूली हव स्टेशनका धेरै संरचनाहरुमा क्षति गरेको छ ।

रसुवागढी, त्रिशूली थ्रि ए जलविद्युत गृहले उत्पादन नै वन्द गरेका छन् । त्रिशूली रसुवागढी हाइड्रोपावर (१११ मेगावाट)को मुख्य पावर हाउसमा क्षति पुगेको छ ।
भीषण बाढीका कारण सबैभन्दा धेरै रसुवागढी जलविद्युत आयोजनामा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । वाढीले उक्त आयोजनाको बाँधको गेट बगाएको छ ।
क्षतिको मुल्यांकन गर्ने कार्य भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको भनाई छ । उनका अनुसार म आफैं क्षतिग्रस्त संरचनाहरुमा पुगेर हेरे, निकै क्षति भएको पाइयो, मुल्यांकन गरेर विवरण तयार गरिन्छ ।

‘बाढीका कारण सवैभन्दा धेरै चार जलविद्युत आयोजनामा क्षति भएको छ । सबैभन्दा बढी रसुवागढी जलविद्युत आयोजनामा भएको प्राधिकरणका प्रवक्ता राजन ढकालको भनाई छ । उनका अनुसार अन्य आयोजनामा पनि आंशिक क्षति भएको छ ।’
वढीले आयोजनाको ड्यामसहित क्षति पु¥याएपछि रसुवागढी र थ्रि ए को एकसय ७० मेगावाट उतपादन वन्द गरिएको ढकालको भनाई छ । उनका अनुसार ‘ति जलविद्युत आयोजनाहरूमा मानवीय क्षति भने भएको छैन ।’
त्रिशूली थ्री ‘ए’ आयोजनाको भवनमा बाढी पसेको छ । रसुवागढी जलविद्युत आयोजना अन्तर्गतको पुलसमेत बगाएको छ ।

रसुवागढी जलविद्युत आयोजना १११ मेगावाट, त्रिशूली थ्री ‘ए’ ६० मेगावाट, चिलिमे हाइड्रोपावर २१ मेगावाट र त्रिशूली हाइड्रोपावर २१ मेगावाट क्षमताका हुन् । किस्पाङ गाउंपालिका ५ मा रहेको त्रिशूली थ्रि वि हव स्टेशनको संरचना वगाएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले वताए । उनका अनुसार अहिले एकसय वढि सुरक्षाकर्मी परिचालन भई अन्य संरचनाको सुरक्षाका कार्य गरिरहेका छन् ।
विदुर नगरपालिका ७ तुप्चेस्थित त्रिशूली जलविद्युत गृहको वांधमा वाढीले क्षति पु¥याएको छ । अहिले कतिपय जलविद्युत गृहमा वाढीको जम्मा गरेको लेदो हटाउन सुरु गरिएको छ ।

रसुवाको गोसाईंकुण्ड गाउँपालिका –२ स्थित रसुवागढी टिमुरेमा मंगलबार राती आएको भीषण बाढीको कारण जलविद्युत आयोजनामा फसेकाहरुलाई उद्धार गरिएको छ । बाढीका कारण ड्याम बगाउँदा १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको उत्पादन पूर्ण रूपमा बन्द भएको छ ।
२० मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको तेलरेटरमा बाढीको लेदो पस्दा उत्पादन पूर्ण रूपमा बन्द छ । यसलाई पुनः सञ्चालनका लागि मर्मत कार्य अगाडि बढाइएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसका साथै ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘ए’कोे जलविद्युत् केन्द्रको ड्यामसाइटमा पनि क्षति भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । अन्य क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीहरूले रसुवागढी जलविद्युत आयोजनामा फसेका कामदारहरूको उद्धार गरेका हुन् । सशस्त्र र नेपाल प्रहरीसँग समन्वय गरेर हेलिकप्टरमार्फत २३ जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल–चीन सीमनाको लेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण जलविद्युत् आयोजनामा कार्यरत कामदारहरू त्यहीँ फसेका थिए । उद्धारको लागी सेनाको एनए–०३८ एमआई र इकुरेल हेलिकप्टर परिचालन गरिएको थियो ।
चीनतर्फबाट आएको बाढीले क्षति पुगेका कारण नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन बन्द भएको छ । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा बढी क्षति पु¥याएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालको भनाई छ ।

उक्त आयोजनाको बाँधको एउटा गेट बाढीले बगाएर ड्याममा समेत क्षति पुगेको छ । प्रवक्ता ढकालले त्रिशूली कोरिडोरमा रहेका प्राधिकरणका आयोजनाहरूमा बाढीले क्षति पु¥याएपछि सम्भावित जोखिमबाट बच्न उक्त क्षेत्रका अन्य केही आयोजनाहरू पनि बन्द गरिएको बताए ।
२०७२ सालको बिनाशकारी महाभुकम्पबाट सबै भन्दा बढी भौतिक र मानबिय क्षति भएको घाउको खोट सुक्न नपाउदै रसुवामा फेरी अर्को महाबिपत्ति आइलागेको छ । चिनको तिव्वतबाट आएको लेन्दे अर्थात् भोटेकोसी नदीको बाढीले रसुवागढी (नेपाल) – केरुङ (चीन) जोड्ने मितेरी पुलको निसाना नै बगाएको छ ।
ठुलो मात्रामा सवारी साधनहरुका साथै अथक अनि ठुलो मेहनत र अरबौको लगानीमा लामो समय लगाएर बनाइएका भौतिक संरचनाहरु बगाएकोे छ । स्याफ्रुवेसी –रसुवागढी वाढीले अबरुद्ध भई आवतजावतसमेत बन्द भएकोे छ ।

रसुवागढी नाका चीनले अन्र्तराष्ट्रिय नाकाको रुपमा मान्यता दिएर नेपाल – चीन ब्यापारको लाइफलाइन बनी सकेको थियो । उक्त पुर्ननिर्माण र सन्चालन अनिश्चित भएको गोसाइकुण्ड गापा अध्यक्ष कैसाङनुर्वु तामाङले वताए ।
नेपाल–चीन प्रवेशका लागि काठमाडौदेखि छोटो र सरल रसुवागढी नाका वाढीले वढारेसंगै सो नाकामा हजारौंको ब्यबसाय र लाखौको रोजिरोटी प्रभावित हुने भएको छ । रसुवा भन्सारवाट देशले संकलन गर्दै आएको अरबौको राजस्वमा समेत प्रभाब पर्ने निश्चित भएको छ ।
विनासकारी भुकम्पले र वाढीले गिजोलेको ब्यापारिक नाका रसुवागढीलाई सरकारले चीनसंग समन्वय गरि तत्काल पुर्ननिर्माणको पहल गर्नु पर्ने उद्योग वाणिज्य संघले जनाएको छ । वर्षात् कम हुने वित्तिकै भौतिक संरचनाको पुनः निर्माणमा तिब्रता दिनुपर्ने संघले जनाएको छ ।
वाढीले ध्वस्त भएको भौतिक संरचना, सवारी साधन र मानबिय क्षतिको पहिचान र एकिन गरि उचित क्षतिपूर्तिको ब्यबस्था सरकारले गर्नुपर्ने स्थानीयवासीले वताए । घटनो लगत्तै चासो देखाई सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सहितको उच्च स्तरिय सरकारी टोलीको स्थलगत निरीक्षण हुनुले पनि रसुवाबासीमा केही आशा भने पलाएको छ ।

बाढीले नेपाल विद्युत् प्राधिकरण र यसअन्तर्गतका परियोजनामा ठूलो क्षति पु¥याएको छ । १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको हेडवक्र्समा क्षति पुगेको प्रवक्ता ढकालले बताए ।
उनका अनुसार चिलिमेको टेलरेसमा पानी छिरेको छ । त्यस्तै त्रिशूली थ्रि ’ए’ को तीन वटा हेडवक्र्स बगाएको छ ।
यसैगरी त्रिशूली ३ ’बी’ को हब सबस्टेसन पनि बाढी पसेपछि बन्द गरिएको प्राधिकरणले जनाएको छ । चिलिमे २२ मेगावाट, त्रिशूली ३ ’ए’ ६०, त्रिशूली २१ र त्रिशूली ३ बी ३७ मेगावाटका परियोजना हुन् ।
तिब्बत हुँदै रसुवागढीस्थित भोटेकोशीमा आएको बाढीले भौतिक संरचनामा ठूलो क्षति पु¥याएको हो । वाढीले रसुवागढी पुल मात्रै नभएर भोटेकोशी र त्रिशूली नदी किनारामा रहेका सडक तथा भौतिक संरचनामा समेत क्षति पुगेको छ ।

केरुङ हुँदै नेपाल आउने सामानको आयात ठप्प भएको छ । पुल नै वगाएपछि आयात हुनै नसक्ने भएकोले भन्सारका कुनै पनि काम हुन नसकेको भन्सार विभागले जानकारी दिएको छ ।
उक्त आयात सुचारुका लागि नयाँ पुल बन्नुपर्नेछ भने क्षति पुगेका सडक समेत पुनर्निर्माण हुनुपर्ने सडक विभागले जनाएको छ । हिमाली भेगमा भौगोलिक वनावट कमजोर हुने भएका कारण वाढीले धेरै क्षति गरेको हो ।











































