मोतियाविन्दुका विरामीको शल्यक्रिया

–आंखाका विरामीलाई सुविधा
लोकखबर
२०८२ असार २५, बुधबार २३:४८

विदुर–आंखाका विरामीहरुको सुविधाका लागि नुवाकोटको विदुरमा मोतियाविन्दुको शल्यक्रिया शिविर सम्पन्न भएको छ । शिविरमा आंखाका विरामीहरुले सुविधा पाएका थिए ।

नुवाकोट सामुदायिक आंखा केन्द्र, त्रिशूली अस्पताल नुवाकोट, तिलगंगा आँखा प्रतिष्ठान र रेडक्रस नुवाकोटको संयुक्त आयोजनामा विदुरमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको हो । शिविरमा ३७ जनाको आंखाको मोतियाविन्दु बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिएको छ ।

शल्यक्रियामा तिलगङ्गा आँखा प्रतिष्ठानका नेत्र रोग विशेषज्ञ र त्रिशूली अस्पताल, भक्तपुर अस्पतालको नेत्र रोग विशेषज्ञ टिमले शल्यक्रिया गरेको हो । यसअघि काहुले र तुप्चेमा गरिएको आंखा परिक्षण शिविरवाट मोतियाविन्दुको पहिचान गरेका विरामीहरुको मोेतियाविन्दुको शल्यक्रिया गरिएको हो ।

 


सर्वाधिक रुचाइएको