वाढीले दुईसय ३५ मेगावाट विद्युत उत्पादन वन्द, अर्वौंको नोक्सान

आधा दर्जन वढि जलविद्युत आयोजना प्रभावित
लोकखबर
२०८२ असार २६, बिहीबार ००:२५

विदुर–चीन हुदै नेपालतर्फ वहने लेन्देखोला (भोटेकोशी) मा आएको अकल्पनिय बाढीले नेपालको जलविद्युत इतिहासमै धेरै नोक्सान पु¥याएको छ । त्रिशूली जलविद्युत हव अन्र्तगतका दर्जनौं जलविद्युत आयोजना प्रभावित भएका छन् ।

वाढीले नुवाकोट र रसुवाका जलविद्युत आयोजनामा क्षति पुग्दा अर्बौंको नोक्सान भएको छ । वाढीले नुवाकोटका चार विद्युत गृहसहित विद्युत हव र रसुवातर्फ दुई वटा जलविद्युत गृह र त्यसका संरचना ध्वस्त वनाएको छ ।
नेपालको जलविद्युत इतिहासमै विद्युतीय संरचनामा पहिलो पटक यति धेरै नोक्सान भएको हो । वाढीका कारण दुई सय ३५ मेगावाट जलविद्युत वन्द भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यसवाट विद्युत विक्रिवाट हुने करोडौंको आम्दानी घाटा हुन पुगेको छ । वाढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत योजनाको हेडवक्र्स नै ध्वस्त भएको कारण आयोजना अनिश्चित भएको छ ।
सो आयोजनाले गत २०८१ साल पुसदेखि मात्र विद्युत उत्पादन सुरु गरेको थियो । वाढीले २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत योजनाको टेलरेसमावाढी पसेर क्षति पु¥याएको प्राधिकरणका प्रवक्ता तथा निर्देशक राजन ढकालले जानकारी दिए ।

उनका अनुसार वाढीले ६० मेगावाट क्षमताको त्रिशूली थ्रि ए हेडवक्र्स नै वगाएको छ । वाढीले १३२ केभिएको त्रिशूली सवस्टेशन लाइनको संरचना वगाएको छ ।
भयानक वाढीले त्रिशूली थ्रि विको संरचनामासमेत क्षति पु¥याएको छ । तुप्चेस्थित त्रिशूली जलविद्युत केन्द्रको हेडगेडमा क्षति पु¥याएपछि विद्युत उत्पादन वन्द भएको प्मुख जिल्ला अधिकारी शशिधर घिमिरेको भनाई छ । उनका अनुसार त्रिशूली जलविद्युत गृहकै पानीवाट पांच किलोमिटर तल लगेर उत्पादन गरिएको देवीघाट जलविद्युत गृहसमेत उत्पादन वन्द भएको छ ।

सबैभन्दा धेरै १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा क्षति पुगेको छ । उक्त आयोजनाको हेडबक्र्स नै ध्वस्त भएको छ । ६० मेगावाटको त्रिशूली ३ ए र २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनामा पनि विद्युत उत्पादन नहुने गरि क्षति पुगेको जनाइएको छ ।
क्षति भएका आयोजनाहरुको स्थलगत अवलोकन गरि मुल्यांकन गर्ने कार्य भइरहेको छ । वाढीले गरेको क्षतिका कारण ती आयोजनाको उत्पादन बन्द भएको छ ।
साथै कतिपय स्थानमा प्रसारण लाइन नै बगाएको छ । वर्खाको समय भएकाले क्षतिग्रस्त आयोजनाको मर्मत, पुर्ननिर्माण तथा सुचारु वारे तत्काल अन्यौल सिर्जना भएको प्राविधिकहरुको भनाई छ ।

नेपाल विद्युत प्राधिकरले मंगलबार रसुवागढीस्थित लेन्देखोलामा आएको बाढीका कारण २४० मेगावाट विद्युत उत्पादन बन्द भएको जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बाढीका कारण प्राधिकरणको २३० मेगावाट र निजी क्षेत्रले मैलुङ खोलाबाट उत्पादन गर्दै आएको १० मेगावाट गरि २४० मेगावाट विद्युत उत्पादन बन्द भएको जानकारी दिए ।
बाढीले २०० मेगावाट हाराहारीका जलविद्युत आयोजनामा क्षति पुगेको र थप ३५ मेगावाटका दुई आयोजनाको उत्पादनमा अवरोध भएको हो । अहिले वाढीका कारण २३५ मेगावाट विद्युत् प्रणालीभन्दा बाहिर रहन गएको छ ।
विपदले पु¥याएको क्षतिबाट अव यस प्रकारका क्षति रोक्न प्राधिकरणले विशेष काम गर्ने पनि शाक्यले बताए । उनले अगाडि भने, ‘हव अन्र्तगतका कुनै एउटा आयोजनामा वाढीका कारण क्षति गर्न सुरु भएमा तत्कालै नदीको तलतिर रहेका अन्य आयोजनाहरुलाई जानकारी दिनु पर्ने छ ।

उनका अनुसार त्रिशूली हवमा रहेका आयोजनाहरुले समयमै उक्त जानकारी पाउन सकेको भए क्षति कम हुने थियो । समयमै माथितिरवाट जानकारी भएको भए क्षति कम गर्न केही सहयोग पुग्ने थियो, प्राधिकरणमा अब त्यसरी जानकारी दिने काम थालनी हुन्छ’–कार्यकारी निर्देशक शाक्यले भने ।
त्रिशूली जलविद्युत हवको विद्युत् प्रसारण गर्ने त्रिशूली ३ बी हब सवस्टेशन र प्रसारण लाइनमा समेत निकै क्षति पुगेकाले केही दिन उत्पादन–प्रसारण अवरुद्ध हुने र करोडौँको घाटा व्यहोर्नुपर्ने शाक्यले बताए । वाढी लगत्तै सो हवको संरचना शाक्य आफैं निरीक्षणमा पुगेका वेलासमेत वाढीले क्षति गरिरहेको थियो ।
क्षति पुगेका अन्य आयोजनामा विदुर नगरपालिका भित्र रहेका २१ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट जलविद्युत गृह रहेका छन् । रसुवागढी र चिलिमे प्राधिकरणसंग निजी क्षेत्र समेतको सहभागितामा निर्माण गरिएका आयोजना हुन् ।

क्षतिग्रस्त आयोजनाहरुको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसंगै प्रसारण निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक राजन ढकालसहितको प्राधिकरणका उच्च प्राविधिक टोलीले क्षतिग्रस्त आयोजना निरीक्षण अनुगमन गरिसकेको छ । टोलीले आयोजना र उत्पादन विक्रिवाट गरि अवौं नोक्सान भएको अनुमान गरेको छ ।
क्षतिको मुल्यांकन नै पुर्ण हुन नसकेको अवस्थामा सबैभन्दा धेरै क्षति भएको रसुवागढी आयोजना पुनर्निर्माण गर्न लाग्ने समय यकिन नभएको प्राधिकरणले जनाएको छ । निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली र १०० मेगावाटको सुपर त्रिशूली आयोजनामा पनि क्षति पुगेको छ ।
चिलिमे जलविद्युत आयोजनाको टेलरेसबाट पानी छिरेको छ । त्रिशूली ३ ए जलविद्युत आयोजनाको ड्यामको दुई वटा ढोकामा क्षति पुग्नुको साथै हेडबक्र्समासमेत क्षति भएको छ । त्रिशूली ३ बी हब सबस्टेशनमा त्रिशूलीले वहाव नै परिवर्तन गरी सबस्टेशन वगाउंदै वगर वनाएर पानी छिरेको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले वाढी आएको दुई दिन वितेको छ, प्राविधिकहरु फिल्डमै खटिएका छन्, यद्यपि, क्षतिको पूर्ण विवरण आउने क्रममा रहेको वताए । उनले करोड नभई अर्बौँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताउंछन् ।
त्रिशूलीमा बाढी आएको कारण प्राधिकरणले भारत निर्यात गरिरहेको विद्युत् नै घटेको छ । वाढी अघि ७ सय मेगावाट विद्युत् भारत निर्यात भइरहेको थियो ।
बाढीपछि त्यो घटेर अहिले ५ सय मेगावाटमात्रै विद्युत् निर्यात गरिरहेको प्राधिकरणले जनाएको छ । नेपालमा हाल २२ देखि २३ सय मेगावाट बिजुली रहेको शाक्यको भनाइ छ ।

उनका अनुसार यसवाटै दैनिक ५ सय मेगावाट भारत निर्यात भइरहेको छ । प्राधिकरणका अनुसार ⁠रसुवागढी जलविद्युत आयोजनाको हेडवक्र्स पूर्णरूपमा क्षति भएको छ । त्यस्तै ⁠चिलिमे जलविद्युत आयोजनाको टेलरेसबाट पानी छिरेको छ भने ⁠त्रिशूली–३ ए जलविद्युत आयोजनाको ड्याम साइटको दुई वटा गेटमा क्षति पुगेको छ ।
वाढीले जलविद्युत योजनामा गरेको क्षतिको उच्चस्तरीय टोलीले क्षतिग्रस्त स्थलमा पुगेर मंगलवार र वुधवार निरीक्षण गरेको छ । प्रधानमन्त्री केपी शर्माओलीसहित अर्थमन्त्रि विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा तथा जलश्रोतमन्त्री दीपक खड्का, गृहसचिव गोकर्णमणि दुवाडी, वागमति प्रदेशका मुख्यमन्त्रि वहादुरसिं लामातामाङलगायतले निरीक्षण गरीसकेका छन् । बाढीले धेरै जलविद्युत् आयोजना क्षतिग्रस्त बनाएपछि करौडौंको विद्युत नोक्सान भएको छ ।

प्राधिकरणले वाढीका कारण हाल २५० मेगावाट विद्युत् प्रणालीवाट विच्छेद भएको जनाएको छ । ठूलो बाढीले क्षति पु¥याएका कारण क्षति भएका संरचना र अवस्थाको मुल्यांकन प्राधिकरणले सुरु गरेको छ ।

 

 

 


सर्वाधिक रुचाइएको