लागू औषधसहित ६ युवक पक्राउ

–हिरासतमा राख्ने म्याद अनुमति
लोकखबर
२०८२ असार २९, आईतवार २३:२२

बिदुर–नुवाकोटको सिमुटारवाट प्रतिवन्धित लागू औषधसहित ६ जना युवक पक्राउ परेका छन् । प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्ने थप मयाद पाएको छ ।

पासाङल्हामु सडकमार्गस्थित बिदुर नगरपालिका १ सिमुटारमा तीन जना र छानविनका क्रममा अन्य तीन जना गरि ६ जना युवकलाई प्रतिवन्धित लागू औषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवजाकोटले जनाएको छ । बा८६प ८८९२ नम्बरको स्कुटरमा लागू औषध ओसारपसार गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी अधिकृतसहितको टोलीले सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा लागू औषधसहित पहिलो चरणमा तीन जना युवकलाई पक्राउ गरिएको प्हरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

उनका अनुसार उनीहरुलाई पक्राउ गरी सोधपुछ तथा अनुसन्धानको क्रममा प्रतिबन्धित लागू औषध खरिद बिक्री तथा ओसारपसार कार्यमा संलग्न रहेको जानकारीका आधारमा अन्य तीन जना युवकलाई समेत पक्राउ गरिएको हो । उनीहरुलाई आइतवार नुवाकोट जिल्ला अदालतबाट लागू औषध सम्बन्धि कसुरमा सात दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखी थप अनुसन्धान कार्य भई रहेको डिएसपि लामाले वताए ।

लामाका अनुसार पक्राउ परेकाहरुमा पांच जना विदुर नपा र एक जना किस्पाङ गापाका युवक रहेका छन् । प्रहरीले बरामद गरेको लागु औषधहरुमा ट्रामन–५० लेखिएको ९२ पत्तामा जम्मा ९ सय २० क्याप्सुल, नुफिन लेखिएको १५ एम्पुल, प्रोमेथाइजिन ह्ड्रोकोलोराइड लेखिएको १५ एम्पुल र डाएजेपाम लेखिएको १५ एम्पुल गरी कुल ४५ एम्पुल जम्मा १५सेट रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

 

 


सर्वाधिक रुचाइएको