क्लवलाई वाद्यवादनका सामग्री
बिदुर–स्थानयि संस्कृति, पहिचान तथा संस्कारको संरक्षणमा जोड दिदै नुवाकोट क्षेत्रमा वाद्यवादनका सामग्रीहरु प्रदान गरिएको छ । ऐतिहासिक, पुरातात्विक, धार्मिक क्षेत्रको संरक्षण, प्रवद्र्धन गर्ने उद्धेश्यले विदुर नपा २ नं. वडाले उक्त सामग्रीहरु स्थानीय युवा क्लवलाई हस्तान्तरण गरेको हो ।

चाडपर्वहरु नजिकिदै गएको वेला नुवाकोट दरबार क्षेत्रमा परम्परागत बाजागाजा तथा कला संस्कृतिको संरक्षण र सम्वर्धनको लागि पहल गर्दै पहिचानको संरक्षण गर्न विदुर–२ वडा कार्यालयको तर्फबाट धिमे बाजा, बाँसुरी, धाबाजालगायत कुल एकलाख सात हजार रुपैयाका सामग्रीहरु नुवाकोट युवा क्लबलाई हस्तान्तरण गरिएको हो ।

यसवाट युवा क्लवलाई स्थानीय चाडपर्व तथा जात्राहरुमा वाद्यवादनका लागि सुविधा पुगेको छ । प्रसिद्ध भैरवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा विदुर नपाका उपमेयर प्रभा वोगटी, वडाध्यक्ष दीपक कायस्थलगायतले ति सामग्रीहरु क्लवका अध्यक्ष सरोज डगोललगायतलाई हस्तान्तरण गरे ।

उपमेयर वोगटीले विदुर नपा कला तथा संस्कृतिमा धनी भएका कारण यसवाट ऐतिहासिक, पुरातात्विक, धार्मिक क्षेत्रको संरक्षण, प्रवद्र्धन गर्ने मद्धत पुगेको वताइन् ।












































