खेतको आलीमा लडेर वालकको ज्यान गयो
–उपचारका क्रममा मृत्यु
बिदुर–नुवाकोटको पुर्वी भेगमा रहेको भद्रुटारका एक वालकको खेतको आलीमा लडेर ज्यान गएको छ । पन्चकन्या गाउंपालिका ५ भद्रुटार घर भएका वालकको आफ्नै खेतको आलीवाट लडेर ज्यान गएको हो ।
स्थानीय ११ वर्षिय वालक मनिष गिरी भद्रुटारस्थित घरनजिकैको खेतको आलीबाट लडेर गम्भीर घाइते भएका थिए । उनको टोखास्थित ग्राण्डी अन्र्तराष्ट्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छिमेकी दीपक कार्कीले जानकारी दिए ।

मृतक वालक गिरी काठमाडौंको तारकेश्वरस्थित कौशल अंग्रेजी विद्यालयको कक्षा पांचमा अध्ययनरत थिए । स्कुल विदा भएका समयमा घर आएका वेला घटना भएको कार्कीले वताए ।
उनका वावु उद्धव गिरी वैदेशिक रोजगारीका क्रममा डेढ महिना अगाडि मात्र साउदी अरेविया पुगेका थिए । वालककी आमाको १० वर्ष अगाडि विनासकारी भुकम्पमा परेर ज्यान गएको परिवारजनले वताए ।











































