नदीजन्य वस्तु उत्खनन् नगर्न निर्देशन

–वर्खामा सचेत रहन सवै पक्षलाई आग्रह
लोकखबर
२०८२ असार ३१, मंगलवार १३:१७

बिदुर–नदीजन्य वस्तुहरु उतखनन् नगर्न जिल्ला समन्वय समिति नुवाकोटले निर्देशन दिएको छ । यसका साथै, वर्खामा सचेत रहनसमेत आमसर्वसाधारणमा आग्रह गरेको छ ।

समितिले आगामी भदौ मसान्तसम्म नदिजन्य बस्तुहरु उत्खनन, संकलन नगर्न र नगराउनको लागी निर्देशन दिएको हो । ढुङ्गा, गिटी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धि पहिलो संसोधन मापदण्ड, २०७९ को दफा ४ को उपदफा १६ मा असार १ गतेदेखी भदौ मसान्तसम्म नदिजन्य बस्तुहरु उत्खनन र संकलन गर्न पाईने छैन भन्ने उल्लेख गरिएकोले उक्त समयभित्र जिल्लामा नदिजन्य पदार्थहरु उत्खनन तथा संकलन नगर्नको लागी निर्देशन गरिएको समन्वय समितिका प्रमुख ठकुरीले वताए ।

नियमको पालना नगर्नेहरुलाई कारवाही गरिनेसमेत जनाइएको छ । ठकुरीले बर्षायामको समय भएकाले पौडी खेल्ने, माछा मार्ने, नदी तथा खोला छेउमा अन्य कार्यहरु नगर्न र नगराउनको लागी सवैलाई सचेतसहित आग्रह समेत गरिएको छ ।

भारी बर्षाको सम्भावना कायमै छ, उच्च सतर्कता अपनाउन समन्वय प्रमुख ठकुरीले आग्रह गरेका छन् । जिल्ला समन्वय समिति नुवाकोटले भारी बर्षाको सम्भावना कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
नुवाकोटमा पनि भारी बर्षको सम्भावना कायमै रहेकाले भुक्षय, बाढीपहिरो तथा खोलानालाहरुको वहाव बढ्न गई जनजिवनमा समेत असर पार्ने हुँदा जोखिम युक्त स्थानहरुमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । समन्वय समितिका प्रमुख रजिन्द्रबिक्रम सिंहठकुरीले जोखिमयुक्त स्थानहरु नदीनाला, खोल्सा, पोखरी, खहरे लगायतका स्थान नजिक बसोबास गर्ने तथा यात्रा गर्नेहरुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका हुन् ।


सर्वाधिक रुचाइएको