घट्यो इन्धनको मूल्य
बिदुर–नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । प्रत्येक १५/१५ दिनमा स्वचालित रुपमा इन्धनको मूल्य कायमा हुदै आएको छ ।
निगमले असार ३१ गते मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको हो । पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटेको छ ।

डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँले घटाइएको निगमले जनाएको छ । नयाँ मूल्यसूचीअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५७ दशमलव ५० रुपैयाँ पर्नेछ ।
यी स्थानमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४५ दशमलव ५० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । भारतबाट इन्धनको मूल्य बढेर आएकाले नेपालमा पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।

निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी मूल्य घटेसँगै पेट्रोलको भाउ पहिलो वर्ग चालआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग सुर्खेत र दाङमा एक सय ५९ रुपैयाँ र तेस्रो वर्ग काठमाण्डौ, पोखरा र दिपायलमा एक सय ६० रुपैयाँ पर्नेछ ।
त्यस्तै डिजेल र मट्टीतेल पहिलो वर्गमा प्रतिलिटर एक सय ४५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ४७ रुपैयाँ र तेस्रो वर्गमा एक सय ४८ रुपैयाँ पर्नेछ । इन्डियन आयल कर्पोरेसशनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार डिजेल, मट्टीतेल र पेट्रोलको मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।











































