प्राविधिक धारका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

–एकैपटक दुई सय विद्यार्थीलाई प्रमाण पत्र वितरण
लोकखबर
२०८२ असार ३२, बुधबार २०:४६

बिदुर–नुवाकोटको वान्द्रेमा सन्चालित एक प्राविधिक शिक्षालयले उतकृष्ट विद्यार्थी छनौट गरि सम्मानित गरेको छ । एकै पटक दुई सय वढि विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

विदुर नगरपालिका १ वान्द्रेमा रहेको पोष्टबहादुर बोगटी बहुप्राबिधिक शिक्षालयले अध्ययन पुरा गरेका चार जना विद्यार्थीहरुलाई उत्कृष्ट छनौट गरि सम्मानित गरेको हो । २०७८ को ब्याचमा भर्ना भएर अध्ययन पुरा गरेका विद्यार्थी÷ प्रशिक्षार्थीमध्ये चार जनालाई विभिन्न विद्यामा सर्वोत्कृष्ट छनौट गरि पुरस्कृत र सम्मानित गरेको हो ।

सो शिक्षालयले होटेलतर्फ विशाल तामाङ, पशु बिज्ञानतर्फ राजन पनेरू, वालि बिज्ञानतर्फ कोशिका देबकोटा र होटेल ब्यवस्थापनतर्फ विशाल तामाङलाई उत्कृष्ट छनौट गरि सम्मानित गरिएको शिक्षालयले जनाएको छ । शिक्षालयमा २०७८ सालमा भर्ना भई अध्ययन सकेका प्रशिक्षार्थी विद्यार्थीहरुलाई छनौट गरि पुरस्कृत र सम्मानित गरेको हो ।

विदुरमा आयोजित कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीलाईं पुरस्कार तथा अन्य दुई सय जना विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । कार्यक्रममा शिक्षालयका संचालक समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले विद्यार्थीहरुमाझ पछिल्लो समय प्राविधिक शिक्षाको आकर्षण वढेको वताए ।

सोही कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख रामचन्द्र इटनीले शिक्षा स्वरोजगार तथा प्राविधिमुखि हुनु पर्ने विद्यार्थीहरुको माग रहेको वताए । कार्यक्रममा शिक्षालयमा अध्ययन पुरा गरेका दुई सय जना भन्दा बढि प्रशिक्षार्थीहरुलाइ प्रमाणपत्र तथा मेडल वितरण गरिएको शिक्षालयका विभागीय प्रमुख प्रकाश रैलाले जानकारी दिए ।


सर्वाधिक रुचाइएको