बाढीले क्षति गरेको आठौं दिनसमेत खुलेन त्रिदेशिय मार्ग

–दुई सय मिटर वाटोको ट्रयाक खन्न वांकी
देवचन्द्र भट्ट
२०८२ असार ३२, बुधबार २१:०४

बिदुर–चीनको तिव्वत हुदै आएको लेन्देखोलाको विनासकारी बाढी गएको आठौं दिन वुधवारसमेत त्रिदेशिय मार्ग खुल्न सकेको छैन् । बाढीले कटान गर्नुका साथै पहिरोले वगाएको उक्त मार्ग अन्र्तगतको स्याफ्रुबेँसी–टिमुरे–रसुवागढी खण्डको ट्रयाक खुल्ने कार्य वांकी रहेकाले सडक पुर्ननिर्माण हुन सकेको छैन् ।

बाढीले क्षति गरेको त्रिदेशिय मार्गको पुर्ननिर्माण तथा मर्मतका लागि रसुवागढीतर्फको टिमुरे र स्याफ्रुवेशीतर्फको लिङलिङमा हेभि इक्युपमेण्टहरु परिचालन गरिएको छ । लेन्देखोलामा यहि असार २४ गते मंगलवार आएको वाढीले पुल, सडक, जलविद्युत, यातायातका साधन तथा भौतिक संरचनासमेत गरि अर्वौंको क्षति गरेको थियो ।

बाढीले वेपत्ता वनाएको २० जना मध्ये १९ जना अहिलेसम्म वेपत्ता नै रहेका छन् । तीन प्रहरी, ६ जना चिनीया, नेपाली चालक तथा कमदारसमेत गरि २० जना बाढीमा हराइरहेकोमा प्रहरी सहायक निरीक्षक लालवहादुर श्रेष्ठको शव फेला परेर सनाखतसमेत भइसकेको छ ।

वाढीले क्षति गरेको स्याफ्रुबेँसी–टिमुरे–रसुवागढी खण्डको ट्रयाक खुल्ने कार्य अन्तिम चरणमा पुगेको छ । मौसमले त्यत्ति साथ नदिएको प्राविधिकहरु वताउंछन् ।
उक्त सडकमार्गको पुर्ननिमर्नाण तथा मर्मत कार्य करिब ९८ प्रतिशत सम्पन्न भएको छ । गोसाइकुण्ड गापा २ लिङलिङमा सडकको ट्रयाक वनाउन समस्या भइरहेको छ ।
उक्त स्थानमा डोजर गएर नयां ट्रयाक वनाउन वाकी रहेको प्राविधिकहरुले वताए । दुवै स्थानमा गरि तीन थान डोजर तथा स्काभेटर पहिचानल गरिएको छ ।

पहिरो आएर हेभि इक्युपमेण्टलाई समेत तिव्र गतिमा वाटो वनाउन समस्या परिरहेको छ । स्याफ्रुवेशीको रोङ्गादेखि चार घण्टा लगाएर पैदल टिमुरे पुगिएको र वाटो खुल्न अझै केहि दिन लाग्ने चालक जयराम रिमालले वताए ।
उनका अनुसार सडकको नयां ट्रयाक खोल्ने कार्य जोखिमपुर्ण देखिएको छ । बाढीले कटान गरेको र पहिराले वगाएको स्थानमा नया ट्रयाक खोल्ने कार्यका लागि डोजरले वाटो पहिचान गर्न वांकी रहेको स्थानीयवासीले वताए ।

उक्त सडकमार्ग पुर्ननिर्माण तथा मर्मत गर्न ठुला उपकरणसहित प्राविधिक, सेना, प्रहरी तथा सशस्त्र प्रहरी, सम्वन्धित पक्षका कर्मचारी खटिरहेका छन् । दैनिक रुपमा वेपत्ताको खोज तथा उद्धारमासमेत सुरक्षाकर्मी खटिएको रसुवा प्रशासनले जनाएको छ ।

अकल्पनिय बाढीले स्याफ्रुबेँसीदेखि रसुवागढीतर्फ करिब १२ किलोमिटर सडकमार्गको १२ स्थानमा सडक ध्वस्त पारेकोमा अव अनितम विन्दु मात्र सडक पुर्ननिर्माण गर्न वाकंी रहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । बाढीले क्षति गरेको लेन्देखोलामाथि नेपाल–चीन जोड्ने पक्कि पुलसमेत वगाएपछि चीनले उक्त स्थान सफा गरिरहेको छ ।

बाढी र पहिरोले उक्त सडकको अधिकांश भाग क्षति भएपछि सरोकारवाला निकायसमेतको सहयोग र सहकार्यमा सडक पुर्ननिर्माण र मर्मतको कामले तीव्रता पाएसँगै काम अन्तिम चरणमा पुगेको सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीको भनाई छ । तिब्बतबाट नेपालतर्फ बहने ल्हेन्दे खोलामा यही असार २४ गते आएको बाढीका कारण क्षतिग्रस्त त्रिदेशिय सडक मार्गको उक्त सडक खण्डको पुर्ननिर्माण मर्मतको काम अन्तिम चरणमा पुगेको वाढीले गरेको क्षति मुल्यांकन विशेष समिति तथा गल्छी–देवीघाट–स्याफ्रुवेशी–रसुवागढी सडक आयोजनाका प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बाढीले क्षति गरेको सडक रोङ्गा र टिमुरे दुवै तर्फबाट काम गरी अस्थायी रूपमा भए पनि संन्चालनमा ल्याउने गरी थप काम भई रहेको छ । उक्त सडकमा जलविद्युत आयोजना, सडक डिभिजनलगायतको स्काभेटरसहित पुर्ननिमार्ण र मर्मतको काम भइरहेको छ ।

बाढीका कारण विभिन्न स्थानमा फसेका कर्मचारी, सुरक्षाकर्मी, विदेशी तथा सर्वसाधारणसमेत गरि एकहजार एकसय ६२ जनालाई हवाई तथा पैदलै उद्धार गरि सुरक्षित स्थानमा लगिएको रसुवा प्रशासनले जनाएको छ ।
बाढीका कारण चीनतर्फ सुरक्षित व्यवस्थापन गरि राखिएका नेपालीलाई नेपाल ल्याउने तयारी भइरहेको जनाइएको छ । नाकामा ठुलो नदीमा पुल नै नहुदा समस्या परेको छ ।

चीनतर्फ रहेका विपद् प्रभावित एकसय जना नेपाली नागरिकहरुलाई नेपाल चीन समकक्षी सम्बन्धित निकायहरुको समन्वयमा चीनको केरुङ्गमा सुरक्षितकासाथ बस्न र खानाको व्यवस्था मिलाईएको छ । कतिपयलाई सरक्षित रुपमा नेपाल फर्काउन थालिएको छ ।

 

 

 


सर्वाधिक रुचाइएको