प्राविधिक विद्यार्थीलाई प्रोत्साहन कार्यक्रम
बिदुर–नुवाकोटको बिदुर नगरपालिकाले प्राविधिक विद्यार्थीलाई प्रोत्साहन कार्यक्रम सन्चालन गरेको छ । उक्त कार्यक्रमअन्र्तगत छात्रवृत्ति रकम प्रदान गरेको छ ।

विदुर नपाले आफ्नो क्षेत्र रहेको विदुर १ वान्द्रेमा सञ्चालित पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयमा प्राविधिक विषय (बाली बिज्ञान, पशु बिज्ञान र होटेल मेनेजमेन्ट)मा अध्ययनरत १५ जना विद्यार्थीहरूलाई एक शैक्षिक सत्रमा लाग्ने सम्पूर्ण शुल्क बराबरको छात्रवृत्ति रकम प्रदान गरेको हो ।

विदुर नपामा आयोजित कार्यक्रममा मेयर राजन श्रेष्ठले विद्यार्थीहरुलाई छात्रवृत्ति चेक रकम हस्तान्तरण गरे । उनले अव नेपालको शिक्षा प्रणालीमा सुधार आवस्यक रहेको र प्राविधिक शिक्षावाटै विद्यार्थीहरु सक्षम हुने वताए ।

विदुर नपाले प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई प्रत्येक वर्ष छात्रवृत्ति कार्यक्रम प्रदान गर्दै आएको उनले वताए । १५ जना विद्यार्थीहरुलाई उक्त छात्रवृत्ति रकम हस्तान्तरण गरिएको हो ।

छात्रवृत्ति हस्तान्तरण कार्यक्रममा विदुर ५ का वडाध्यक्ष लीलानाथ न्यौपाने, योजना शाखा प्रमुख हरिप्रसाद प्याकुरेल, शिक्षा शाखा प्रमुख नवराज सापकोटालगायतले प्राविधिक शिक्षावाटै विद्यार्थीहरु सक्षम हुने भएकाले विदुर नपाले यस कार्यलाई प्रोत्साहन गरेको वताए ।












































