आन्तरिक राजश्व कार्यालयद्वारा सेवा सुरु

–तीन जिल्लाका करदातालाई सेवा
लोकखबर
२०८२ श्रावण १, बिहीबार १९:५०

बिदुर–तीन जिल्लाका करदातालाई सेवा दिने उद्धेश्यले त्रिदेशिय मार्गको वीचमा रहेको गल्छीमा आन्तरिक राजश्व कार्यालयले सेवा शुभारम्भ गरेको छ । यसअघि सो स्थानमा करदाता सेवा कार्यालयको रुपमा रहेको थियो ।
नुवाकोट, धादिङ र रसुवाका करदातालाई सेवा पु¥याउने उद्धेशयले सरकारले सो स्थानमा आन्तरिक राजश्व कार्यालय सन्चालन गरेको हो । यसअघि, नुवाकोट र धादिङलाई केन्द्रमा राखेर आन्तरिक राजश्व विभागले सञ्चालन गरेको करदाता सेवा कार्यालय गल्छीलाई विस्तार गर्दै आन्तरिक राजश्व कार्यालयको रुपमा सेवा सन्चालन सुरु गरिएको कार्यालय प्रमुख लक्ष्मी खड्काको भनाई छ ।
चालु आर्थि वर्ष २०८२/०८३ को पहिलो दिन अर्थात् साउन १ गते विहीवारबाट आन्तरिक राजश्व कार्यालय गल्छीले कार्य सुरु गरेको थियो । यसअघि, उक्त कार्य कलंकीवाट हुदै आएको थियो ।

यसअघि नुवाकोट र धादिड. जिल्लाको कर अनुसन्धान लगायतका कार्य आन्तरिक राजश्व कार्यालय कलंकीबाट हुँदै आएको थियो । कर छलीलगायतका विषयमा अब अनुसन्धान गर्नेदेखि करका अन्य सवै कामहरु सबै गल्छीवाटै हुने खड्काको भनाई छ ।
यसले सेवाग्राहीलाई थप सहज र सरल हुने विश्वास लिएका छौं, कार्यालय प्रमुख खड्काले अगाडि भनिन् । रसुवावासी यसअघि, कर तिर्न काठमाडौं पुग्नु पथ्र्यौं, अव रसुवावासी करदातालाई सेवा नजिकै आएको छ– खड्को भनाई छ ।

करदाता सेवा कार्यालयबाट सामान्य तथा नियमित काम अर्थात कर तिर्ने र नवीकरण गर्ने लगायतका काम मात्रै हुन्थ्यो भने अब आन्तरिक राजश्व कार्यालयका रुपमा विस्तार भएसँगै कर सम्वन्धि अनुसन्धान तथा रेखदेखको सबै सोही कार्यालयवाटै हुनेछ ।
यसअघि कलंकीबाट हुने कर छलीलगायतका विषयमा अनुसन्धान गर्ने कार्य अब गल्छीबाट नै हुने प्रमुख खड्काको भनाई छ । आन्तरिक राजश्व कार्यालयका रुपमा विस्तार भएसँगै सो कार्यालयमा कर्मचारीको संख्यासमेत थपिएको छ ।

यसअघि, एक जना अधिकृतसहित ८ जना कर्मचारीले सञ्चालन भएको करदाता सेवा कार्यालय अव आन्तरिक राजश्व कार्यालय भएसंगै नबौं तहका कार्यालय प्रमुखसहित अधिकृत र अन्य १६ जनाको दरबन्दी रहेको छ । कार्यालयको तह विस्तारसँगै करदाताहरुको संख्यामा पनि वृद्धि हुने र ठुला करदाताहरुलाई पनि समेटिने प्रमुख खड्काले वताइन् ।
लामो समयदेखि काठमाडौ धाइरहेका रसुवाका करदाताहरुका लागि पनि गल्छीमा नै स्थानान्तरण गरिएको छ । यसअघि रसुवाका करदाताहरुका लागि काठमाडौंको बालाजुमा रहेको आन्तरिक राजश्व कार्यालयबाट सेवाप्रवाह प्रदान गरिदै आएको थियो ।

नुवाकोट रसुवा र धादिङ गरेर झण्डै एक लाखको संख्या करदाता पुग्ने कार्यालयको विश्वास रहेको छ । नुवाकोट र धादिङबाट हाल मात्रै ६० हजारको हाराहारीमा कारदाता रहेको प्रमुख खड्काले वताइन् ।


सर्वाधिक रुचाइएको