तादी खोलामा डुवेर युवक वेपत्ता

–खोजी कार्य जारी
लोकखबर
२०८२ श्रावण २, शुक्रबार २२:४६

बिदुर-नुवाकोटको उत्तरपुर्वी भेगमा रहेको तादीखोलामा डुवेर एक युवक वेपत्ता भएका छन् । उनको खोजी भइरहेको छ ।

दुप्चेश्वर गाउंपालिका ६ गौडापुलस्थित तादी खोलाको दहमा डुवेर एक युवक वेपत्ता भएका हुन् । काठमाडौको टोखा नगरपालिका ३ का १८ वर्षिय उत्सव श्रेष्ठ साथीहरुसंग तादी खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उनको खोजी कार्यमा आफन्त, सर्वसाधारण तथा सुरक्षाकर्मी परिचालन भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए । उनका अनुसार पौडी खेल्ने क्रममा दहमा डुवेर बेपत्ता भएका उनको खोजी कार्य तिव्र पारिएको छ ।
तादी खोलामा गौंडाको पुलमुनि भाइरल दहको नामले परिचित उक्त दहमा पौडी खेल्ने क्रममा युबक श्रेष्ठ डुबेर बेपत्ता भएको स्थानीयवासीले वताए ।

नेपाल प्रहरी र ससस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर खोजि कार्य गरिरहेको छ । दुप्चेश्वर गाउंपालिका कार्यालय समुन्द्रटारले वर्खामा नदीमा जल सतह वढिरहेका कारण खोला तथा आसपास नजान सर्वसाधारमा सचेत गराएको छ ।


सर्वाधिक रुचाइएको