सिंचाई र सामुदायिक भवन निर्माण
बिदुर-सर्वसाधारणको सुविधाका लागि नुवाकोटको पन्चकन्याको बानियाँटारमा सिंचाई तथा सामुदायिक भवन निर्माण गरिएको छ । निर्माणसंगै उद्घाटन गरिएको छ ।

पन्चकन्या गाउंपालिका १ वानियाटारमा निर्माण गरिएको सिंचाई योजना तथा सामुदायिक भवनको कार्यक्रमकावीच गापा अध्यक्ष तेजवहादुर तामाङ रमेशले उद्घाटन गरे । उनले यसवाट आम किसानलाई सुविधा पुगेको र हिफाजत गर्न सुझाव दिए ।

सिंचाई मन्त्रालयको कुल ७२ लाख रुपैयाको लागतमा निर्मित सिंचाई योजनावाट स्थानीय ५५ घरधुरी किसानको दुई सय ७५ रोपनी खेतमा सिंचाई पुगेको वडाध्यक्ष महानन्द ढकालले वताए । उनका अनुसार मन्त्रालयको एकिकृत नदी वेसिन जलश्रोत तथा सिंचाई कार्यक्रमअनर्तगत उक्त सिंचाई योजना निर्माण गरिएको हो ।
यसका साथै वानियाटारमै निर्मित सामुदायिक भवनसमेत उद्घाटन गरिएको छ । पर्यटन मन्त्रालयको कुल ३६ लाख रुपैयाको लागतमा निर्मित सो भवन दुई तले चार कोठे रहेको छ ।

सामुदायिक विकास तथा समुदायको परिचालनका लागि प्रयोग गरिने सो भवनमा हाल वडा कार्यालयका साथै कृषि तथा पशु उपचार सम्वन्धि युनिसमेत स्थापना गरिएको हो । सिंचाई तथा भवन उद्घाटन कार्यक्रममा पन्चकन्या गापाकी उपाध्यक्ष विमला पाठककेसी, विभिन्न वडाका वडाध्यक्षहरु, सम्वन्धित शाखाका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।












































