वालवालिकाको उपचारका लागि सहयोग
बिदुर–नुवाकोटको दुप्चेश्वर गाउँपालिका भित्रका विपन्न बालबालिकाहरुको उपचारका लागि सहयोग प्रदान गरिएको छ । तीन जना वालवालिकाहरुको उपचार खर्च र खाद्यान्न हस्तान्तरण गरिएको छ ।

उक्त गापाका तीन जना बालबालिकाको लागि उनीहरुको अभिभाबकमार्फत जनही ६६ हजार ९ सय ५२, ४२ हजार ५ सय ३८ र ५७ हजार ८ सय ९५ रुपैया गरी कुल एकलाख ६७ हजार तीनसय ८५ रुपैया बराबरको औषधि उपचार खर्च र खाद्यान्न हस्तान्तरण गरिएको हो । उनीहरुको जटिल बिशेष स्वास्थ्य उपचार सहयोग अन्तर्गत कार्यक्रमकावीच दुप्चेस्वर गापा अध्यक्ष शंकरवहादुर थापा, रुडेक नेपालका अध्यक्ष मीनकुमार केसी तथा जिएन आई नेपालका प्रतिनिधि हिमाल पहरीलगायतले औषधि उपचार खर्च र खाद्यान्न हस्तान्तरण गरेका हुन् ।
दुप्चेस्वर गाउँपालिकाको समन्यवमा रुडेक नेपालको ब्यबस्थापन तथा गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा संचालित एकिकृत सामुदायिक विकास परियोजना मार्फत शैक्षिक प्रायोजन सहयोगमा आबद्ध रहेका वालवालिकाहरुलाई उक्त सहयोग गरिएको रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिए । उनका अनुसार शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा कार्य भइरहेको छ ।











































