साउन लागेसंगै दुप्चेश्वरमा वढे भक्तजन

–एकैदिन झण्डै डेढ लाख भेटि संकलन
देवचन्द्र भट्ट
२०८२ श्रावण ३, शनिबार २०:४८

बिदुर–साउन लागेसंगै नुवाकोटको रामतीस्थित दुप्चेश्वर महादेवको मन्दिरमा दैनिक रुपमा भक्तजनहरु आउने क्रम वढि रहेको छ । पशुपतिनाथको पर्यायको रुपमा रहेको दुप्चेश्वर मन्दिरमा जानका लागि यातायतको सहजतासंगै भक्तजनहरु आउने क्रमसमेत वढिरहेको छ ।

यातायातको सहजतासंगै दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित करेजुङको ठुलो पहरामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा साउनको पहिलो शनिवार मात्र एकैदिन झण्डै सांढे एक लाख रुपैया भेटि संकलन भएको छ । भक्तजनहरु वढेका कारण भेटी संकलन पनि वढेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।

दुप्चेश्वरमा शनिबार एकलाख ३३ हजार आठसय ८६ रुपैया भेटी संकलन भएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार मन्दिरमा मध्यान्ह आरतीको ५६ हजार चार सय ४० रुपैया र क्युआरमार्फत एकहजार रुपैया भेटी संकलन भएको छ ।

दुप्चेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी प्रत्येक दिन बेलुकी ५ बजे गणना गर्ने कार्य भइरहेको छ । श्रेष्ठका अनुसार पछिल्लो समयदेखि मन्दिरमा आउने भक्तजनको उपस्थिती वढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा दुप्चेश्वर गापा कार्यालय क्रियाशील रहेको बताए ।

यातायात र वाटोको प्रभावकारिताका कारण नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यति धेरै भेटी रकम सङ्कलन भएको हो । हिन्दु र वौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्र ऐतिहासिक तथा धार्मिक महत्वको दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनहरु आउने क्रममा वढोत्तरी भएस.गै भेटी सङ्कलन कार्य वढिरहेको छ ।
दुप्चेश्वर मन्दिर जान नुवाकोटको सदरमुकाम विदुर र काठमाडौवाट सिधै यातायातको साधन जाने गरेको छ । सो मन्दिरमा हिन्दु तथा वौद्ध समुदायका सर्वसाधारण पुग्ने गरेका छन् ।

 


सर्वाधिक रुचाइएको