प्रत्येक शनिवार किराना पसल वन्द

–पसल खोले जरिवाना
लोकखबर
२०८२ श्रावण ४, आईतवार २१:४९

बिदुर–नुवाकोट जिल्लाका होलसेल तथा किराना व्यवसायीहरूले अबदेखि हरेक शनिवार आफ्ना पसलहरू बन्द गर्ने निर्णय गरेका छन् । व्यवसायीहरूको विदुरमा सम्पन्न बैठकले यहि साउन १० गते शनिवारदेखि लागू हुने गरी सो निर्णय गरेको हो ।

नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले चाडपर्वको असोज र कात्तिक महिनाबाहेक अन्य प्रत्येक शनिवार नुवाकोटका सबै किराना तथा खाद्यान्न पसलहरू बन्द गर्ने सहमतिसहितको निर्णय गरेको संघले जनाएको छ । बैठकले निर्णय कार्यान्वयन गर्न वट्टारका व्यवसायी सुरेन्द्र श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।


समितिले बन्दको अनुगमन गर्ने, व्यवसायीहरूलाई जानकारी गराउने र आवश्यक समन्वय गर्ने जिम्मेवारी पाएको छ । व्यवसायीहरूले यदि तोकिएको दिनमा पसल बन्द नगरी निर्णय उल्लंघन गरेमा नगद जरिवाना समेत गरिने चेतावनी दिएको छ ।

 

 


सर्वाधिक रुचाइएको