सिपमुलक तालिमका सहभागीलाई प्रमाणपत्र

-सिपको सदुपयोग गरि स्वरोगारमा लाग्न आग्रह
लोकखबर
२०८२ श्रावण ४, आईतवार २२:०५

बिदुर–सिपको प्रवद्र्धन गरि स्वरोजगारमा क्रियाशील हुन जोड दिदै नुवाकोटको विदुरमा विभिन्न सिपमुलक तालिम सम्पन्न भएको छ । एकैपटक विभिन्न ६ वटा तालिमका सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ ।

विदुर नगरपालिका, नुवाकोट उद्योग वाणिज्य संघ, इलम प्रशिक्षण केन्द्र तथा वागमति प्रदेशको सहयोगमा सन्चालित तालिमहरु एकैपटक समापन भएको हो । बागमती प्रदेशको प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम परिषद हेटौँडामार्फत नुवाकोटमा सञ्चालित विविध सीपमूलक तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा ३ महिने आधारभूत कम्प्युटर तालिम पूरा गरेका एकसय २६ जना, मन्टेश्वरी, ब्युटिसियन, सिलाईकटाई, फेशन डिजाइन, इलेक्ट्रिसियन विषयमा २०÷२० जनाको सहभागिता रहेको थियो । एकैपटक ति प्रशिक्षार्थीलाई तालिम सम्पन्नताको प्रमाणपत्र प्रदान गरिएको छ ।

सहभागीहरुलाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले प्रमाण पत्र प्रदान गरे । उनले सिपलाई सदुपयोग गरि आत्मनिर्भर भई स्वरोजगार हुन यस प्रकारको तालिम महत्वपुर्ण रहेको वताए । उनले सिप पाएपछि त्यसलाई प्रवद्र्धन गर्नु प्रशिक्षार्थीको दायित्वसमेत भएको वताए ।

कार्यक्रममा तादी गापाका अध्यक्ष शन्तमान तामाङ, विदुर नपाकी उपमेयर प्रभा बोगटी, वेलकोटगढी नपाका उपमेयर शिवप्रसाद दाहाल, बागमती प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद्की प्रमुख कार्यकारी निर्देशक शान्ती लामालगायतले सिपको विकास र प्रवद्र्धनमा जोड दिए । कार्यक्रममा म्यागङ गापा उपाध्यक्ष सीता वाइवा, उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य ताराबहादुर कार्की, नुवाकोटका अध्यक्ष राजेन्द्र श्रेष्ठसहित पदाधिकारीहरु, विदुर १ का वडाध्यक्ष लेनिन रञ्जित, २ का वडाध्यक्ष दिपक कायस्थ, ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल, ११ का वडाध्यक्ष बाबुराम तामाङ, तालिम सञ्चालन गर्ने साझेदारी सस्था, प्रशिक्षक, प्रशिक्षार्थीहरु लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

उनीहरुले तालिममा प्राप्त गरेको सिपलाई सहि रुपमा उपयोग गर्न सुझाव दिएका थिए । पछिल्लो समय स्थानीय तहले महिलाहरुका लागि यस्ता स्वरोजगारमुलक तालिमहरु सञ्चालन गर्दै आएका छन् ।

विदुर नपा र इलम प्रशिक्षण केन्द्रको साझेदारीमा सञ्चालित आधारभूत कम्प्युटर तालिम र नुवाकोट उद्योग बाणिज्य संघसंगको सहकार्यमा बागमती प्रदेशको ’प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद्’ हेटौँडा मार्फत नुवाकोटमा सञ्चालित ’विविध सीपमूलक तालिम’को समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम एकैपटक गरिएको हो । हालसम्म विदुरमा मात्रै ३ हजार भन्दा बढि महिलाहरुले विभिन्न तहका तालिमहरु प्राप्त गरिसकेको विदुर नगरपालिकाको रोजगार शाखाले जनाएको छ ।

बेलकोटगढी नपामा पनि महिलाहरुलाई स्वरोजगारमुलक तालिम प्रदान गर्दै आएको उपमेयर शिवप्रसाद दाहालले जानकारी दिए । विदुरस्थित इलम प्रशिक्षण केन्द्रले हालसम्म २० हजार जनालाई विभिन्न सिपमुलक तालिम प्रदान गरिसकेको छ ।


सर्वाधिक रुचाइएको