वयोवृद्धले गरे आत्महत्या

–शवको त्रिशूली अस्पतालमा पोष्टमार्टम
लोकखबर
२०८२ श्रावण ५, सोमबार १९:१७

बिदुर-नुवाकोटको चारघरेका एक जना वयोवृद्धले आत्महत्या गरेका छन् । शवको त्रिशूली अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

बिदुर नगरपालिका–१२, चारघरेका ७४ वर्षीय बिष्णुप्रसाद रिमालले आत्महत्या गरेको प्रहरीले जनाएको छ । भुइतले आफ्नै घरमा वृद्धले आफु सुत्ने कोठाको दलिनमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको वागमति प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

वृद्धका छोरा, वुहारी र नातीसमेत रहेका छन् भने उनले दौरा सुरुवाल, टोपी लगाएर आत्महत्या गरेको पुर्व वडाध्यक्ष सीताराम अर्यालले जानकारी दिए । प्रहरीले वयोवृद्धले आत्महत्या गरेको सम्वन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।


सर्वाधिक रुचाइएको