तीन दिनदेखि तारकेश्वरका ढकाल वेपत्ता

–खोजीमा प्रहरी, परिवार, आफन्त तथा सर्वसाधारण परिचालन
लोकखबर
२०८२ श्रावण ५, सोमबार १९:२१

बिदुर-नुवाकोटको तारकेश्वरका एक युवक तीन दिनदेखि वेपत्ता रहेका छन् । उनको खोजीमा प्रहरी, परिवार, आफन्त तथा सर्वसाधारण खटिएका छन् ।

तारकेश्वर गाउंपालिका ३ ढकालगाउंका ४१ वर्षिय शिवराम ढकाल तीन दिनदेखि वेपत्ता भएका हुन् । उनी काठमाडौको गोंगबुबाट सम्पर्कविहिन भएकोमा खोजीका लागि अपिल गरिएको वडाध्यक्ष सुर्यमान श्रेष्ठले जानकारी दिए ।
युवक ढकाल शनिबारदेखि सम्पर्कविहिन भएकोमा उनको खोजीका लागि परिवारजनले अपिल गरेका छन् । हाल तारकेश्वर नपा ८ शान्तिटोलमा बस्दै आएका ढकाल शनिबार दिउँसो २ बजे गोंगबुमा देखिएपछि सम्पर्कविहिन भएको भन्दै उनको खोजीका लागि परिवारजन र आफन्तले अपिल गरेका छन् ।

परिवारका अनुसार ढकालले माछापोखरीमा लिक्योर मदिरा व्यवसाय सञ्चालन गर्दै आएका थिए । शालिन र भद्र स्वभावका ढकाल सम्पर्कविहिन भएपछि प्रहरीमा जानकारी गराइसकेको र कसैले उनलाई देखे वा कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा परिवारजनमा जानकारी दिन अनुरोध गरिएको छ ।
युवक ढकालका माता, पिता, छोराछोरी र श्रीमती रहेका छन् । उनलाई कसैले देखेमा ९८६४२५१०४३ मा खबर गरिदिन अनुरोध गरिएको छ ।


सर्वाधिक रुचाइएको