वोर्ड चलचित्रको स्क्रिफ्ट संग्रह गर्दै
बिदुर-चलचित्रको कथा, विषयवस्तु तथा लेखन संरक्षणमा जोड दिदै चलचित्र विकास वोर्डले नेपाली चलचित्रहरुको स्क्रिफ्ट संरक्षण कार्य सुरु गरेको छ । यसवाट चलचित्रको मौलिकता र विषय संरक्षण र सम्वद्र्धन हुने वोर्डको लक्ष्य रहेको छ ।
उक्त अभियान सुरु गरेसंगै वोर्डमै पुगेर नेपाली चलचित्रहरुको स्क्रिफ्ट हस्तान्तरण कार्य सुरु भएको छ । जसअन्र्तगत सोमवार नेपाली चलचित्र उद्योगका चर्चित छायाकार तथा निर्माता पुरुषोत्तम प्रधानले आफुले कार्य गरेका ५ दर्जनभन्दा बढी चर्चित नेपाली चलचित्रका स्क्रिप्टहरू चलचित्र विकास बोर्डको पटकथा संग्रहालयलाई हस्तान्तरण गरेका छन् ।

उनले वोर्डको कार्यालय पुगेर अध्यक्ष दिनेश डिसी, अन्य सदस्य तथा सम्वन्धित कर्मचारीहरुलाई कार्यक्रमकावीच चलचित्रका स्क्रिप्टहरू हस्तान्तरण गरेका हुन् । वोर्डले यसको संरक्षण र सम्वद्र्धन गरि डिजिटलाइज रुपमा संग्रहित गर्ने कार्य सुरु गरेको वोर्डका अध्यक्ष दिनेश डिसीको भनाई छ ।
चर्चित छायाकार तथा निर्माता पुरुषोत्तम प्रधानले सोमवार हस्तान्तरण गरिएका चलचित्रका स्क्रिप्टहरूमा छक्का पञ्जा, छक्का पञ्जा ३, कबड्डी, कबड्डी २, कबड्डी ३, लुट, लुट २, नाई नभन्नु ल २, नाई नभन्नु ल ४, नाई नभन्नु ल ५, लप्पन छप्पन, लप्पन छप्पन २, दासढुङ्गा, झोले, ड्रिम्स, राजा रानी, जय भोले, मायाज वार, कृ, फिटकिरी, उमा, प्रेमगीत २, तान्द्रो, होमवर्क, आवेग, थ्रि लवर्स, जय होस्, ऐँचो–पैँचो, छ एकान छ, कमला, द विनर, मेरी मञ्जु, सिग्नेचर, महाजात्रा, लक्का जवान, मेरो एउटा साथी छ, आई एम सरी, रातो टिका निधारमा, चपली हाइट ३, इकु, कान्छी, कार्साङलगायत रहेका छन् ।

चलचित्र विकास बोर्डले अभियानमा साथ दिएकोमा प्रधानलाई हार्दिक आभार व्यक्त गरेको छ । वोर्डले सबै नेपाली चलचित्रकर्मिहरुलाई पनि आफ्नो पटकथा सुरक्षित राख्न, डिजिटलाइज गर्न बोर्डलाई स्क्रिफ्ट हस्तान्तरण गर्न अनुरोधसमेत गरेको छ ।












































