एकसय ७१ मेगावाट विद्युत प्रणाली वाहिरै
बिदुर-नेपाल–चीन छोटो दुरीको रसुवागढी नाकामा रहेको लेन्देखोलामा आएको विनासकारी बाढीले तहसनहस पारेको सयौं मेगावाट जलविद्युत प्रणाली वाहिरै रहन पुगेको छ । झण्डै पौने दुई सय मेगावाट विद्युत अझै पनि प्रणाली वाहिरै रहेको छ ।
गत असार २४ गते मंगलवार चीनका् तिव्वतबाट आएको अकल्पनीय बाढीले विभिन्न जलविद्युत् आयोजनाहरूमा गरेको क्षतिको विवरण आउने क्रम जारी रहेको छ । क्षतिको पुर्ण विवरण आउन अझै समय लाग्ने भएको छ ।

बाढीले विभिन्न जलविद्युत आयोजनामा गरेको व्यापक क्षति, त्यसवाट अन्य जलविद्युत आयोजनामा परेको प्रभावका कारण सुरुमा दुइसय ६० मेगावाट जलविद्युत विच्छेद अर्थात प्रणाली वाहिर हुन पुगेको थियो । यसवाट संरचनाहरुमा निकै क्षतिका साथै विद्युत विक्रिवाट आउने करोडौ रकमसमेत घाटा लागेको छ ।
एकसय ७१ मेगावाट विद्युत अझै प्रणाली भन्दा वाहिर अर्थात् उत्पादन नै हुन सकेको छैन् । विनासकारी बाढीले एकसय ११ मुगावाट क्षमताको रसुवागढी र ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्रि ए जलविद्युत आयोजनामा निकै क्षति गरेका कारण सन्चालन हुन नसक्दा घाटा लागिरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

ति दुई आयोजना पुर्ननिर्माण र मर्मत भई विद्युत उत्पादन गर्ने कार्य अनिश्चित भएको छ । बाढीले रसुवागढी जलविद्युत आयोजनाको हेडवक्र्सलगायतका संरचनामा निकै क्षति पु¥याएको छ ।
रसुवागढी आयोजनाको हकमा हिउंदमा लेन्देखोलाको पानी घटेपछि स्थलगत रुपमा सर्भे गरेर अस्थायी रुपमा सन्चालनको तयारी गरिने प्राधिकरणका प्रवक्ता राजन ढाकलले जानकारी दिए । उनका अनुसार त्रिशूली थ्रि ए जलविद्युत आयोजना भने एक/डेढ महिनापछि सुचारु हुने गरि मर्मत र पुर्ननिर्माण भइरहेको छ ।

बाढीले क्षति गरेको नुवाकोटको किस्पाङस्थित त्रिश ूल िथ्रि वि हवको अस्थायी रपमा मर्मत गरेर सुचारु गरिएको प्राधिकरणले जनाएको छ । बाढी र पहिरोले जलविद्युत् आयोजनाहरूमा पु¥याएको क्षतिको विवरण आउने क्रम जारी रहेको र पुर्ण विवरण आउन अझै समय लाग्ने प्राधिकरणले जनाएको छ ।
बाढीले क्षति गर्नुका साथै प्रभावित भएका विभिन्न ६ वटा जलविद्युत आयोजना सञ्चालनमा आएका छन् । बाढीले क्षति र प्रभावित वनाएको विभिन्न जलविद्युत् आयोजनामध्ये ६ आयोजना सञ्चालनमा आएको प्रवक्ता ढकालको भनाई छ ।
बाढी आएको दुई हप्तापछि ति आयोजना सञ्चालनमा आएका हुन् । चिलिमे, अपर मैलुङ, त्रिशूली, देवीघाट, तादी र वुद्धभुमि जलविद्युत आयोजनाले आवस्यक मर्मत र उपकरण जडानसंगै पुनः विद्युत उत्पादन सुरु गरिसकेको प्राधिकरणका प्रवक्ता ढकालले वताए ।

सञ्चालनमा आएका आयोजनाहरूको पनि यकिन रुपमा कति क्षति भयो भन्ने क्षतिको विवरण संकलन भइरहेको बताए । उनका अनुसार हालसम्म ९० मेगावाट विद्युत सुचारु भई प्रणालीमा जोडिएको छ ।
बाढीका कारण लेन्देखोला र सो नदी मिसिएको त्रिशूली नदी हवमा सञ्चालनमा रहेका विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनाहरूमा व्यापक क्षति पुगेको छ । अर्वौंको क्षति हुनुका साथै तत्काल २ सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको थियो ।
भीषण बाढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–थ्रि ए, २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्र, १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्र, १४ दशमलव ३ मेगावाट क्षमताको अपर मैलुङ जलविद्युत् आयोजना, ११ मेगावाट क्षमताको सूर्यकुण्ड जलविद्युत् आयोजना, ५ मेगावाट क्षमताको बुद्धभूमि जलविद्युत् आयोजना एवं २२० र १३२ र ३३ केभीए क्षमताको त्रिशूली–३ वी हबमा क्षति पु¥याउनुका साथै आयोजना प्रभावित गरेको थियो ।

जसमध्ये सोमवारसम्म चिलिमे, त्रिशूली, देवीघाट, सूर्यकुण्ड, बुद्धभूमि लगायत कुल ९० मेगावाट क्षमता बराबरका जलविद्युत् आयोजनाहरू सञ्चालनमा आइसकेको प्रवक्ता ढकालले बताए ।
६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–थ्रि ए जलविद्युत् आयोजना केही महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए । उनले सबभन्दा बढी क्षति भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना सञ्चालनमा ल्याउन केही महिना समय लाग्ने जानकारी दिए ।
बाढी गएको दुई साता बितिसक्दा पनि क्षतिको अझै यकिन विवरण संकलन गर्न नसकिएको प्राधिकरणले जनाएको छ । बाढी र पानी जमेका कारण समस्या भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रवक्ता राजन ढकालले बाढीले बगाएर ल्याएको गेग्रान र हिलोका कारण क्षतिको वास्तविक अवस्था मूल्यांकन गर्न कठिनाइ भएको बताए । उनले बाढी प्रभावित क्षेत्रमा खनेर नहेरेसम्म क्षतिको पूर्ण र वास्तविक विवरण आउन सक्ने अवस्था नभएको जानकारी दिए ।
प्रवक्ता ढकालले अगाडि भने, ‘अहिले क्षतिको विवरण आइसकेको छैन । खन्ने काम पूरा नभएसम्म कति क्षति भयो भन्ने यकिन गर्न सकिँदैन ।’

उनले निर्माणाधीन र सञ्चालनमा रहेका दुवै किसिमका आयोजनामा बाढीले असर पारेको बताए । सञ्चालनमा आइसकेका ६ वटा आयोजनाको पनि क्षतिको थप विवरण संकलन गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।
बाढी र पहिरोले जलविद्युत आयोजनामा गरेको व्यापक क्षतिको मूल्यांकन गर्ने कार्य प्राविधिहरुमार्फत जारी रहेको ढकालले बताए । उनले बाढीले पु¥याएको क्षतिको मर्मतसम्भार गरी आयोजनाहरू पुनः सञ्चालनमा ल्याउन लाग्ने समय पनि क्षतिको पूर्ण विवरण आएपछि मात्र भन्न सकिने बताए ।
















































