विरामीलाई उपचारमा सहयोग

-घरमै पुगेर रकम हस्तान्तरण
लोकखबर
२०८२ श्रावण ५, सोमबार २२:५८

बिदुर–नुवाकोटको शिवपुरीका एक किसानलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । शिवपुरी गाउँपालिका ५ महाकाली निवासी किसान कृष्णबहादुर तामाङको दुवै मृगौलामा समस्या भई उपचारमा सहयोग जुटाउने अभियान अन्र्तगत आर्थिक सहयोग प्रदान गरिएको हो ।

तामाङको घरमै पुगेर नेकपा (एमाले) नुवाकोटका अध्यक्ष तथा वागमति प्रदेशका पूर्वमन्त्री बद्री मैनालीको टोलीले नगद हस्तान्तरण गरेको हो । उपचारका लागि पहिलो चरणमा सानो आर्थिक सहयो्ग गरिएको र उपचारका लागि अन्य सहयोगसमेत गरिने अध्यक्ष मैनालीले वताए ।

तामाङलाई उपचारका लागि ३० हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । एमाले बागमती प्रदेश कमिटी सदस्य जितेन्द्र बिष्ट, एमाले नुवाकोट १ नं. क्षेत्रिय कमिटी अध्यक्ष सुशीलकुमार खड्का, जिल्ला सचिवालय सदस्य दीपक कार्की, युवा नेताहरु श्याम लामा, चन्द्रबहादुर बलामी, शिवपुरी ६ का वडाध्यक्ष बिष्णु श्रेष्ठ, एमाले शिवपुरी गाउं पालिका कमिटी अध्यक्ष कमल तामाङलगायतवाट संकलित रकम बिरामी कृष्णवहादुर तामाङलाई सामूहिक रूपमा हस्तान्तरण गरेका हुन् ।

यसअघि पनि स्थानीय युवा, अगुवा तथा सहयोगीहरुवाट संकलित २५ हजार रुपैया विरामी तामाङलाई हस्तान्तरण गरिसकिएको एमाले सचिवालय सदस्य दीपक कार्कीले जानकारी दिए । उनका अनुसार विरामी तामाङलाई आर्थिक सहयोगसहित उनको सिघ्र स्वास्थ्य लाभको लागि उपचारको सहजीकरणसमेत गरिनेछ ।

 


सर्वाधिक रुचाइएको