दुुर्घटनामा तीन जना घाइते
बिदुर–नुवाकोटको विदुर नगरपालिका–५ स्थित पिपलटारमा दुर्घटना भएको छ । उक्त स्थानमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँएर भएको दुर्घटनामा तीन जना घाइते भएका छन् ।

तीनै जनाको उपचार जारी रहेको छ । त्रिदेशिय सडकमार्गअन्र्तगत गल्छी–त्रिशूली सडकखण्डअन्तर्गत पिपलटार पेट्रोल पम्प नजिकै भएको उक्त दुर्घटनामा मोटरसाइकल पुर्ण रुपमा ध्वस्त भएको छ ।

दुर्घटनामा एक जना सख्त घाइते भएका छन् । गल्छीबाट बट्टारतर्फ जाँदै गरेको बाप्र०२–०३४प९९८५ नम्बरको मोटरसाइकल र त्रिशूलीबाट गल्छीतर्फ आइरहेको बाप्र०२–०३५प१२०९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा बिदुर नगरपालिका–६, इनारपाटीका २४ वर्षीय सुसान्त पौडेल गम्भीर घाइते भएका हुन् ।

उनको दाहिने खुट्टा भाँचिएको र उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । त्यसैगरी, अर्को मोटरसाइकलका चालक बिदुर नपा–१२ का ४० वर्षीय सरोज पौडेल घाइते भएका छन् भने उनकी पत्नी ३७ वर्षीया सीता रिमालपौडेलको बायाँ खुट्टामा सामान्य चोट लागेको छ ।

घाइते तीनै जनाको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको प्रहरी निरीक्षक हरिवोल केसीको भनाई छ । दुर्घटनामा परेका दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उक्त घटना सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











































