ग्यांस लिक भई होटेलमा आगलागी

-१० लाख वढिको क्षति
लोकखबर
२०८२ श्रावण ७, बुधबार १९:४४

बिदुर–नुवाकोटको व्यस्त ढुंगेवजारस्थित एक होटेलमा वुधवार आगलागी भएको छ । आगलागीमा लाखौं रुपैया वरावरको धनमाल नष्ट भएको छ ।
बिदुर नगरर १ ढुङ्गे स्थित पासाङल्हामु मार्गको विदुर–ढुंगे–वेत्रावति सडकखण्डको वीचमा रहेको श्रेष्ठ होटेलको भान्सा कोठामा खाजा पकाउने क्रममा ग्यांस लिक भई आगलागी हुँदा होटेल भित्र रहेको सम्पुर्ण सामानहरु जलि नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । आगलागीका कारण होटेल भएको घरमासमेत क्षति भएको छ ।

आगलागी भएको जानकारी पाएपछि बिदुर नगरपालिकाको दमकल, सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको धनमालको नष्ट भएको प्हरी नायव उपरिक्षक विक्रम लामाको भनाई छ ।
उक्त आगलागीबाट दुई थान फ्रिज, फर्निचर, पंखा, झ्याल ढोका, विभिन्न पेय पदार्थ, जस्तापातालगायत जलेर नष्ट भएको छ । घटनाका् थप अनुसन्धान भइरहेको डिएसिप लामाको भनाई छ ।

 

 


सर्वाधिक रुचाइएको