पानी ट्यांकीमा डुवेर स्कुले वालकको ज्यान गयो

–घटनाको अनुसन्धान जारी
लोकखबर
२०८२ श्रावण ७, बुधबार १९:५१

बिदुर–नुवाकोटको कोलोनीमा पानी ट्यांकीमा डुवेर एक स्कुले वालकको ज्यान गएको छ । प्रहरलिे घटनाको अनुसन्धान सुरु गरेको छ ।
विदुर नगरपालिका ९ मा स्थित किम्ताङ टोलका ४ वर्षीय बालक दिक्षान्त तामाङको पानी ट्याङ्कीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घरदेखि खेल्न निस्केका बालक लामो समयसम्म घरमा नआएपछि परिवारजनले खोजतलास गर्दै जाँदा सोही स्थानका छिमेकी पुर्ण तामाङको घरको कम्पाउण्डमा रहेको पानीको ट्याङ्की भित्र पानीमा डुवेर मृत अवस्थामा भेटिएको प्हरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

स्थानीय विद्यालयको नर्सरीमा अध्ययनरत वालकलाई पानी ट्यांकीभित्र मृत भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । उक्त घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरी अधिकृत सहितको टोलीले घटनास्थल शवजाँच प्रकृति मुचुल्कालगायतका अनुसन्धानको कार्य गरी मृत शव पोष्टमार्टमको लागि त्रिशूली अस्पालमा लगिएको छ भने घटनाको विशेष रुपमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

 


सर्वाधिक रुचाइएको