लाखेनांच संरक्षण अभियान

-वाद्यवादनलगायतका सामग्री हस्तान्तरण
देवचन्द्र भट्ट
२०८२ श्रावण ७, बुधबार १९:५५

बिदुर–नुवाकोटको विदुर नगरपालिकामा लाखेनांच संरक्षण अभियान सन्चालन गरिएको छ । लाखेनांच प्रदर्शनका लागि वाद्यवादनलगायतका आवस्यक सामग्रीहरु हस्तान्तरण गरिएको छ ।

“हाम्रो संस्कृति हाम्रो परम्परा, हाम्रो संस्कार हाम्रो धरोहर भन्ने नाराका साथ विदुर नपाले बिदुर नपा ८ बगुवा बजारमा सदियौ देखि चल्दै आएको लाखेनाच संरक्षणका लागि विविध सामग्रीहरु प्रदान गरेको हो । विदुर नपाका मेयर राजन श्रेष्ठले ति सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

उनले स्थानीय पहिचान, कला, संस्कृतिको संरक्षण र सम्वद्र्धनमा विदुर नपाले विशेष सक्रियता अपनाएको वताए । उनले स्थानीय परम्परा र संस्कृति विदुर नपाको पहिचान भएको र यसको संरक्षणका लागि वाद्यवादनका साथै आवस्यक सामग्रीहरु प्रदान गरिएको वताए ।

आवश्यक पांच प्रकारका बाजागाजा र अन्य सरसामान हस्तान्तरण कार्यक्रममा मेयर श्रेष्ठका साथै विदुर ८ का वडाध्यक्ष कमल श्रेष्ठ, वडा सदस्य श्रीकृष्ण रिजाल, लाखे नाच संरक्षण समिति, सरोकारवाला तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

 


सर्वाधिक रुचाइएको