नक्कली नोटसहित दुई जना पक्राउ

– म्याद लिएर हिरासतमा राखियो
लोकखबर
२०८२ श्रावण ८, बिहीबार २२:११

बिदुर–नुवाकोटमा ठुलो मात्रामा नक्कली नोटहरु बरामद भएको छ । प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ ।
नुवाकोटको उत्तरपुर्वी भेगमा रहेको दुप्चेश्वरबाट एक हजार दरका नक्कली ९३ थान नोटसहित दुई जनालाई पक्राउ गरेको हो । दुप्चेश्वर गाउँपालिका ं ६ स्थित रामती बजारबाट उक्त नोटसहित मानिसहरु पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरीका अनुसार उक्त स्थानमा तीन÷चार जना बालकहरुले नक्कली नोट लिई हिडेको छन् भन्ने गोपय जानकारी प्राप्त भएपछि प्रहरी अधिकृतसहितको टोली खटि गई खानतलासी गर्दा ६९ थान एक हजारको नेपाली नक्कली नोटहरु बरामद गरिएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए । उनका अनुसार प्रहरीले घटनाको विशेष रुपमा अनुसन्धान कार्य गरिरहेको छ ।

उक्त नोटबारे प्रारम्भिक अनुसन्धान गर्नेे क्रममा उक्त नोटहरु दुप्चेश्वर गापा ७ बस्ने ४२ वर्षिय नरबहादुर तामाङ र सोही स्थानका भीमबहादुर तामाङले बनाएकोे भनेर खुल्न आएकोले उनीहरुलाई लगत्तै पक्राउ गरि हिरासतमा राखिएको डिएपि लामाको भनाई छ । उनीहरु दुवै जनालाई नुवाकोट जिल्ला अदालत विदुरवाट हिरासतमा राखेर अनुसन्धान गर्ने सात दिनको म्याद लिएर हिरासतमा राखिएको छ ।
अन्य नोटहरुसमेत हुन सक्ने जनाइएको छ । नोटको कारोवार भए नभएको सम्वन्धमासमेत विशेष रपमा अनुसन्धान भइरहेको स्थानीयवासीको भनाई छ ।

अनुसन्धानकै क्रममा पक्राउ परेका मध्य भीमबहादुर तामाङको घरमा राखेको थप २४ थान एकहजार दरका नक्कली नोटहरु समेत बरामद भएको प्रहरीले जनाएको छ । उक्त नोटसहित पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतबाट खोटा मुद्रा सम्बन्धि कसुरमा थप अनुसन्धान कार्य भई रहेको जनाइएको छ ।


सर्वाधिक रुचाइएको