पांडे अव चलचित्रको निर्देशनमा

– झरीपछिको इन्द्रेणीको तयारी
लोकखबर
२०८२ श्रावण ९, शुक्रबार १९:११

बिदुर–चर्चित हास्य कलाकार पाँडे अर्थात् अर्जुन घिमिरेले चलचित्रको निर्देशन गर्ने भएका छन् । डेढ दशकदेखि कलाकारितामा क्रियाशील नुवाकोटको ओखरपौवाका घिमिरेले नयां चलचित्र ‘झरी पछिको इन्द्रेणी’ फिल्म निर्देशन गर्ने भएका हुन् ।
सफल हास्य कलाकार अर्जुन घिमिरे पाँडेले नेपाली कथानक चलचित्रमा हात हाल्दै ‘झरीपछिको इन्द्रेणी’ निर्देशन गर्ने भएका हुन् । उक्त चलचित्रले चलचित्र विकास बोर्डबाट निर्माण अनुमति पाएको छ ।

उनले यसको निर्माण तयारी सुरु भएको वताए । कहिलेदेखि छायांकन सुरु गरिने भन्ने विषयमा निर्माण समूहसंग आपसी छलफलपछि तय गरिने घिमिरेले शुक्रवार वताए ।
चर्चित हास्य टेलिश्रृंखला भद्रगोल, ‘सक्किगो नि’ निर्देशन गर्दागर्दै पाँडे लगायतको टोलीले ‘झरीपछिको इन्द्रेणी’ तयार गर्ने भएको हो ।
घिमिरे जेपिटी क्रिएसनका प्रमुख पनि हुन् । सुशील कडरियाले निर्माण गर्ने उक्त चलचित्रको कथा कुमार ब्यञ्जनकारको रहेको छ ।

गीतकारमा गणेश कार्की रहेका छन् । ‘हाल धमाधम स्क्रिप्ट लेखनको काम भइरहेको छ । लेखन सकिएपछि वन्द शत्र र छायांकनमा जाँदैछौं’ घिमिरेले वताए ।
पशुपति शिवजी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा सो चलचित्र निर्माण गरिन लागेको हो । घिमिरेले उक्त चलचित्र नेपाली समाजकै विषय हुने वताए ।

 

 


सर्वाधिक रुचाइएको