रसुवागढीमा वेलिव्रिज राख्ने प्रक्रिया सुरु

– भदौ भित्रमा राखिसक्ने चीनिया पक्षको भनाई
देवचन्द्र भट्ट
२०८२ श्रावण ९, शुक्रबार १९:३१

बिदुर-चीनको तिव्वत हुदै नेपालतर्फ वहेको लेन्देखोलामा आएको भीषण वाढीले वगाएको नेपाल–चीन सीमानाको पक्कि पुल वगाएपछि त्यसमा अस्थायी पुल राख्ने प्रक्रिया सुरु भएको छ । नेपाल–चीन जोड्ने छाटो दुरीको रसुवागढी नाकाको उक्त पुल गत असार २४ गते मंगलवार आएको अकल्पनीय वाढीले वगाएको थियो ।

वाढीले पुल वगाउंदा नेपाल–चीनवीचको आवातजावतका साथै आयातनिर्यातसमेत ठप्प भएको छ र राजश्ज संकलनसमेत ठप्प भएको छ । दैनिक तीन करोड रुपैया राजश्व संकलन हुदै आएको रसुवा भन्सार सुनसान रहेको छ ।

त्रिदेशिय मार्ग अन्र्तगतको वीरगन्ज–गल्छी–देवीघाट–विदुर–स्याफ्रुवेशी–रसुवागढी नाकाको उक्त पक्कि पुल १२ वर्ष अगाडि मात्र चिनले निर्माण गरेको थियो । बाढीले गरेको क्षति मुल्यांकन गर्न गठत समितिले क्षतिको विवरण संकलन गरिरहेको छ ।

अस्थायी रुपमा पुल राखेर आवातजावत सन्चालन गर्ने पक्षमा चिनीया अधिकारी रहेको जानकारी आएको रसुवा प्रशासनले जनाएको छ । उक्त स्थानमा अस्थायी रुपमा पलामे वेलिव्रिज राखेर आवातजावत गर्ने तयारीमा चीन रहेको जानकारी आएको सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।

चिनीया पक्षले आगामी भदौ मसान्तसम्ममा वेलिव्रिज राख्ने भएको जानकारी पाइएको उनले वताए । यसको प्रक्रिया चिनीया पक्षले सुरु गरेको छ ।
यससंगै भीषण बाढीका कारण बगेको लेन्देखोलाको पुलमा चिनियाँ पक्षले बेलिब्रिज राख्ने प्रक्रियाका लागि आवस्यक संरचना तयारी सुरु गरेको छ । दैनिक ५० जना चिनियाँ कामदारले बेलिब्रिजको संरचना निर्माणको कार्य गरिरहेको प्रत्यक्षदर्शीहरुले वताए ।

पुल वगाएर रसुवागढी नाका बन्द भएपछि चीनबाट आउने सामान आयात र नेपालवाट जाने निर्यात पनि ठप्प छ । बेलिब्रिज निर्माणको काम अघि बढ्ने भएपछि व्यापारीहरू रसुवागढी आइपुगेका सामान सोही नाकाबाटै ल्याउने मनस्थितिमा छन् ।

चीनतर्फ निर्यात हुने सामानमध्ये ८० प्रतिशत रसुवागढीे नाका भएर जान्छन् भने २० प्रतिशत भारत हुँदै समुद्रमार्गबाट चीन पुग्छन् । रसुवागढी नाका चीन–नेपाल–भारत जोड्ने् नजिक र छोटो दुरीको नाकासमेत हो ।

 


सर्वाधिक रुचाइएको