वांझो जमिनमा फूल खेति गर्दै विदुर नपा
बिदुर-बाँझो रहेको विभिन्न स्थानका जग्गामा नुवाकोटको विदुर नगरपालिकाले जग्गा सदुयोग अभियान सन्चालन गरेको छ । जसअन्र्तगत दुई स्थानका जग्गामा चाडपर्वलाई लक्ष्यित गर्दै व्यवसायिक फूल गरि सुरु गरिएको छ ।

विदुर नपा ५ पिपलटारस्थित वडा कार्यालय भवन र विदुर ९ कोलोनीस्थित वडा कार्यालय परिसरको जग्गा सदुपयोग गरि सयपत्री फूल रोपिएको छ । पिपलटारमा दुई र कोलोनीमा ६ रोपनीमा सयपत्री फूलका विरुवा रोपिएका हुन् ।

यसवाट खेर गइरहेको जग्गाको सदुपयोगका साथै पर्यटन प्रवद्र्धन र फूलको निर्भरतामा मद्धत पुग्ने विदुर नपाका मेयर राजन श्रेष्ठले वताए । उनका अनुसार यसलाई व्यावसायिक फूल खेतीका रुपमा विस्तार गर्ने योजना रहेको छ ।
विदुर नपा ५ स्थित वडा कार्यालयमा रहेको दुई रोपनी जग्गामा दुई हजार थान सयत्रपत्री फूलका विरुवा रोपिएको वडाध्यक्ष लीलानाथ न्यौपानेको भनाई छ । गत वर्ष रोपिएका सयपत्री फूलवाट ३० हजार रुपैया आम्दानी भएकोमा यस वर्ष थप विस्तार गरिएको उनले वताए ।

उता, विदुर ९ कोलोनीको ६ रोपनी जग्गामा व्यावसायिक फूल खेती सुरु गरिएको छ । विदुर–९ स्थित वडा कार्यालय परिसरमा रहेको खाली उक्र जग्गामा विदुर नपाले सयपत्री र मखमली जातका नौ हजार बिरुवा रोप्न सुरु गरेको हो ।
उक्त अभियानको मेयर राजन श्रेष्ठ र उपमेयर प्रभा वोगटीले सुरु गरे । हाल रोप्न थालेको बिरुवाको उत्पादन आगामी तिहार पर्वका लागि तयार हुने लक्ष्य रहेको छ ।
विदुर नपा कार्यालयको बार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत पुष्पखेती प्रर्बद्धन कार्यक्रम अन्र्तगत उक्त जग्गामा सयपत्री र मखमली फूलको विरुवा रोप्न थालिएको हो । फूलका विरुवा रोपण कार्यमा मेयर राजन श्रेष्ठ, उपमेयेर प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, विदुर १ का वडाध्यक्ष लेनिन रञ्जित, ८ का वडाध्यक्ष कमल श्रेष्ठ, ९ का वडाध्यक्ष हरेराम भण्डारी, १२ का वडाध्यक्ष उपिन्द्र खड्कालगायतका अन्य जनप्रतिनिधिहरु, विषयगत शाखाका कर्मचारीसहित सरोकारवालाहरुको संहभागिता रहेको थियो ।

यान्त्रिकरणको प्रयोग मार्फत ड्याङ बनाई मल्चिङ प्रविधि मार्फत ९ हजार भन्दाबढी सयपत्री र मखमली फूलको विरुवा रोप्न सुरु गरिएको हो । यहाँबाट उत्पादित फूल आगामी मुख्य चाडवर्र्पमा व्यावसायिक रुपमा विक्री गर्ने लक्ष्य लिइएको छ ।
’नगरपालिकाले बाँझो जग्गाको सदुपयोग, फूल बिक्रीबाट आम्दानीको स्रोत वृद्धि र नगरवासीलाई व्यावसायिक फूलखेतीप्रति आकर्षण गराउन वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत पुष्पखेतीको प्रवद्र्धन गर्न लागिएको छ,’ उपमेयर प्रभा वोगटीले भनिन् ’गत वर्ष परीक्षणको रूपमा गरेको खेतीले सफलता पाएसँगै यो वर्ष बाह्रै महिना फूल उत्पादन गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।’

फूल खेतीका लागि आधुनिक यान्त्रिकीकरणको सहायताले ड्याङ (स्थान) तयार पारिएको छ । दुई स्थानमा गरेर आठ रोपनी जग्गामा ‘मल्चिङ’ प्रविधिमा आधारित सयपत्री र मखमली जातका नौ हजारभन्दा बढी फूलका बिरुवा रोप्न सुरु गरिएको कृषि शाखाले जनाएको छ ।
यान्त्रिकीकरणको प्रयोगले कम लागतमा रोप्ने ठाउँ तयार गरिनुका साथै मल्चिङ प्रविधिमा खेती गर्दा आम्दानी धेरै लिन सकिने कृषि प्राविधिहरुको भनाई छ । विदुर नपाले गत वर्ष पनि विदुरं ५ र विदुर ९ मा परीक्षणका रुपमा लगाएको फूलखेतीमा सफलता पाएसँगै यस वर्ष बाँझो तथा प्रयोगविहीन अवस्थामा रहेका आफ्नो जग्गामा खेती गरेर आम्दानीको स्रोत बढाउन र स्थानीय किसानलाई प्रोत्साहन जगाउन सहयोग पुग्ने लक्ष्य लिएको प्रमुख प्रशासकिय अधिकृत शोभाकर पौडेलको भनाई छ ।

सोही अभियानअन्तर्गत विदुर ५ को कार्यालय पनि फूलबाट लाभ लिन व्यावसायिक खेती सुरु गरेको वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिए । उनका अनुसार बाँझो तथा खाली जग्गामा व्यवसायिक रुपमा फूल खेती गर्दा लाभ हुने वडावासीमा सचेतना वढेकोसमेत वताए ।











































