१० हजार राहदानी वितरण
बिदुर-एक वर्षमा नुवाकोटवाट झण्डै १० हजार जनाले नेपाली राहदानी लिएका छन् । राहदानी लिएकामध्ये अधिकांश विदेश जानेहरु रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार आर्थिक वर्ष २०८१ को साउनदेखि २०८२ को असार मसान्तसम्ममा १२ स्थानयि तह रहेको नुवाकोटमा राहदानी लिनेहरु वढिरहेका छन् । एक वर्षमा जिल्लाभरिबाट कुल नौ हजार आठ सय जनाले राहदानी लिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइको भनाई छ ।

उनका अनुसार राहदानी वनाउने मध्ये अधिकांशले विदेश जानकै लामगि राहदानी वनाउने आएको वताउने गरेका छन् । वितेको एक वर्षमा ११ हजार तीनसय १३ वटा राहदानीका आवेदन संकलन गरिएको थियो ।

राहदानीवाट मात्रै जिल्ला प्रशासनमा कुल पांच करोड २२ लाख ८३ हजार सातसय २५ रुपैया राजश्व संकलन भएको छ । राहदानी लिनेमध्ये पुरुषको सङ्ख्या बढी रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार वैदेशिक रोजगारीमा जाने प्रयोजनकै लागि राहदानी बनाएको प्रारम्भिक अध्ययनले देखाएको छ । देशमा पर्याप्त रोजगारीको अवसर नहुँनुका साथै श्रमको उचित मूल्य नपाउँदा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या निरन्तर वृद्धि हुँदै गएको पाइएको सरोकारवालाहरूले बताएका छन् ।











































