किसान आत्मनिर्भर कार्यक्रम
बिदुर–नुवाकोटको पुर्वी ग्रामीण भेग दुप्चेश्वरको हुङमा किसान आत्मनिर्भर कार्यक्रम सन्चालन गरिएको छ । जसअन्र्तगत किसानहरुलाई गोलभेंडा खे ितगर्न आवस्यक सामग्रीहरु प्रदान गरिएको छ ।

दुप्चेश्वर गाउँपालिकाले कृषि क्षेत्रमा विभिन्न कार्यक्रम संचालन गरि गाउंका कृषकहरुलाई आत्मनिर्भर वनाई आर्थिक रुपमा सक्षम वनाउनका लागि वार्षिक नीति तथा कार्यक्रममार्फत वजेट विनियोजन गरि विभिन्न कार्य गरिरहेको छ । गापाले किसानहरुका लागि विभिन्न संघसंस्थासंग साझेदारीसमेत गरिरहेको छ ।

यसैक्रममा दुप्चेश्वर गापा ३ स्थित हुङमा रहेको डाँडाटोल कृषक समूहमा आवद्ध ३२ जना कृषकहरुलाई गोलभेँडा खेति गर्नका लागि आवश्यक सामग्रीहरु हस्तान्तरण गरिएको छ । किसानहरुलाई प्लास्टिक टनेल, सिंचाईका लागि पाईप, झारी, क्रेट, कैँचीलगायत कृषि सामग्रीहरु वितरण गरिएको गापाले जनाएको छ ।

दुप्चेश्वर गापाको वार्षिक नीति तथा कार्यक्रमलाई सफल वनाउनका लागि माग गरे अनुरुपका कृषि सामग्रीहरु कार्यक्रमकावीच दुप्चेश्वर गापाकी उपाध्यक्ष माकुरी तामाङ, रुडेक नेपालका जिल्ला अध्यक्ष मीनकुमार केसीलगायतका अन्य प्रतिनिधिहरुवाट ति सामग्रीहरु वितरण गरिएको हो । दुप्चेश्वर गापाले कृषि क्षेत्रमा विभिन्न कार्यक्रम संचालन गरि सम्पूर्ण कृषकहरुलाई आर्थिक रुपमा सक्षम बनाउन अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउदै आएको दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाको भनाई छ ।













































