पुर्वमन्त्रि पाण्डेलाई पितृशोक
बिदुर–वागमति प्रदेशका पुर्वमन्त्रि तथा नेकपा एमालेका केन्द्रीय सदस्य केशवराज पाण्डेलाई पितृशोक परेको छ । पाण्डेका पिता ९४ वर्षिय परशुराम पाण्डेको निधन भएको हो ।
नुवाकोटको बेलकोटगढी नगरपालिका १३ मदानपुर स्थायी घर भएका स्व. पाण्डेले सामाजिक, शैक्षिक र राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान गरेका थिए ।
पाण्डेको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

७८ वर्षको उमेरमा क्यान्सर जितेर सक्रिय जीवन बिताउँदै आएका पाण्डेको ९४ वर्षको उमेरमा सामाखुशी कपुरधारामा रहेको घरमा मंगलवार राती निधन भएको एमाले नुवाकोटका सचिवालय सदस्य दीपक कार्कीले जानकारी दिए । स्व. पाण्डे लामो समयदेखि नेकपा एमालेको संगठित गतिविधिमा सक्रिय थिए ।

स्व. पाण्डेको दुई छोरा र पाँच छोरी रहेका छन् । जेठा छोरा केशवराज पाण्डे एमाले केन्द्रीय सदस्य तथां नुवाकोट इन्चार्ज एव. वागमति प्रदेशका पुर्व आन्तरिक मामिलामन्त्री समेत हुन् ।











































