वंदेलको आक्रमणवाट वृद्धासहित तीन घाइते

– सावधानी अपनाउन आग्रह
लोकखबर
२०८२ श्रावण १४, बुधबार १७:२०

बिदुर–जंगली वंदेलको आक्रमणवाट नुवाकोटको पुर्वी भेगमाा रहेको तादी गाउँपालिकामा वृद्धासहित तनि जना घाइते भएका छन् । तीनै जनाको उपचार गरिएको छ ।
सदरमुकाम विदुरदेखि ३० किलोमिटर उत्तरपुर्वी भेगमा रहेको तादी गाउंपालिकाको विभिन्न स्थानमा जंगलबाट आएको बंदेलको आक्रमणले एकैदिन तीन जना स्थानीयवासी घाइते भएको प्रहरीले जनाएको छ । कोहीलाई मकै कुर्न जांदा, कोहीलाई खेतमा पान िलगाउन जांदा, वृद्धालाई घाँस काट्न र दैनिक कार्य गरिरहेका वेला उनीहरूलाई बदेलले आक्रमण गरेर गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय खरानीटारले जनाएको छ ।

तादी–२ छापथोक कोसकाढेमा खेतको कुलोमा काम गरिरहका वेला एक्कासी वंदेलले आक्रमण गर्दा ३० वर्षिय श्यामवहादुर तामाङ गम्भीर घाइते भएका छन् । सोही स्थानका ३२ वर्षिय दीपक तामाङ र तादी–३ कोसगाडेकी ८० वर्षीया पवित्रा रिमाललाई घाँस काट्ने क्रममा बदेलले पछाडिवाट आक्रमण गर्दा घाइते बनाएको प्रहरी निरीक्षक जयन्ती थापाको भनाई छ ।
तीनै जना घाइतेहरूको नजिकको स्वास्थ्य केन्द्र तथा खरानीटार अस्पतालमा उपचार गरिएको छ । जंगली वंदेलले आक्रमण गर्न थालेपछि गाउंवास िसर्वसाधारण त्रसित र आतंकित भएको स्थानीय युवा प्रदीप शर्माकट्टेलले जानकारी दिए ।

बदेलको आक्रमणबाट तीनै जनाको शरिरको हात र खुट्टामा चोट लागेको छ । उनीहरुलाई थप उपचारको लागी काठमाडौं लैजाने तयारी गरिएको छ ।
स्थानीय बासिन्दा र सुरक्षाकर्मीले बंदेललाई जंगलतर्फ भगाउन प्रयास गरे पनि नियन्त्रणमा लिन नसकिएको बताइएको छ । विगतमा पनि यस्तै किसिमको आक्रमण हुँदै आएको र फेरी आक्रमणा भएकाले स्थानीयवासीले तादी गापा कार्यालय खरानीटार, डिभिजन वन कार्यालय र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

वंदेलले दिनदहाडै आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित छन् । सरोकारवालाले मानव–वन्यजन्तु द्वन्द्व रोक्न दीर्घकालीन योजना आवश्यक रहेको बताएका छन् ।


सर्वाधिक रुचाइएको