बाढीमा फसेकाहरुको सकुशल उद्धार
बिदुर–बाढी आएको खोलामा फसेका मानिसहरुलाई नुवाकोटको शिवपुरीमा उद्धार गरिएको छ । वर्षात्को समयमा आवतजावत तथा हिडडुल गर्दा सचेत हुन प्रशासनले आग्रह गरेको छ ।

शिवपुरी गाउँपालिका ८ छहरे खोलामा बाढीका कारण फसेका चार जनालाई विहविार वेलुकी प्रहरीले उद्धार गरेको हो । उनीहरु खोलामा बाढी आई खोला तर्न नसकी फसेका जानकारी प्राप्त भएपछि नुवाकोटका प्रमुख जिल्ला अधिकार शशिधर घिमिरे र प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीको नेतृत्वमा विदुरवाट १० जनाको प्रहरी टोली र अस्थायी प्रहरी पोष्ट छहरेबाट प्रहरी सहायक निरीक्षक राजबाबु सिंहराजपुतको नेतृत्वमा थप तीन जना टोली खटिई बाढीमा फसेका एक महिलासहित चार जनालाई पौने सात वजे सकुसल उद्धार गरिएको जिल्ला प्रहरी कायाृलय नुवाकोटले जनाएको छ ।
बाढीमा फसेर उद्धार गरेकाहरुमा ललीतपुर.सातदोबाटो बस्ने २४ वर्षिया लक्ष्मी सिम्खडा, नुवाकोटको शिबपुरी गापा ८ का. २२ वर्षिय अनिश नेपाली, सोही स्थानका २१ वर्षिय कृष्ण नेपाली, २६ वर्षिय राजेश नेपाली रहेको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानाकरी दिए । लामाका अनुसार वर्षात्मा सचेत भई आवतजावत र घुमघाम गर्न आग्रह गरिनुका साथै उनीहरु प्रसिद्ध लौके झरना घुम्न आएका वेला स्थानयि खोलामा बाढी आएर फसेका थिए ।












































